प्रहरी समायोजन तयारी पूरा, तह बढुवा गर्न अस्वीकार
काठमाडाैँ । नेपाल प्रहरीले समायोजनमा जान तयार रहेको जनाएको छ। सैद्धान्तिक विषयमा कुरा मिल्नासाथ समायोजनको काम सकिने उनको भनाइ छ ।
बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खनालले भने, ‘अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेका छौं, समायोजनको निम्ति तयारी अवस्थामा छौं । सैद्धान्तिक कुरा मिल्नासाथ सबै मिल्छ ।’
प्रहरी प्रमुख सर्वेन्द्र खनालले समायोजनको आधार तयार भइसकेको बताएका हुन्। बिहीबार बसेको राज्य व्यवस्था र सुसान समितिको बैठकमा उपस्थित भएका प्रहरी महानिरीक्षक खनालले आफूहरु समायोजनमा जान तयार भइसकेको बताए ।
‘हामी प्रदेश प्रहरी समायोजनका लागि तयार छौं। सैद्धान्तिक विषय मिल्नेबित्तिकै यो काम सकिन्छ’, उनले भने, ‘यो विषयमा राज्य व्यवस्था सुशासान समितिले निर्देशन दियो भने कुनै समस्या छैन। अहिले पनि २६ हजार प्रहरी कर्मचारी प्रदेशमा गएर काम गरिहरको छन्।’ महानिरीक्षक खनालले जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरी मातहत रहने कि प्रदेश सरकार मातहत रहने विषय टुंगिन बाँकी रहेको उनले बताए। अहिले सरकारले नेपाल प्रहरी कर्मचारी समायोजन विधेयक ल्याएको छ। जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रमुख नेपाल प्रहरी मातहत रहने प्रावधान राखिएको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवलीले प्रदेशमा खटिएका प्रहरी पनि नेपाल प्रहरी नै भएको बताए । ‘प्रदेश प्रहरी र नेपाल प्रहरी फरक कुरा हुन्’, उनले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भने। गृह सचिव प्रेमकुमार राईले केही पदमा प्रष्ट निर्णय भए सहज हुने बताए। उनले समायोजनाका क्रममा प्रदेशमा जाने प्रहरीको बढुवा र ग्रेड वृद्धि गर्न नसकिने जिकिर गरे। ‘कर्मचारी कति चाहिने हो हामीसँग डाटा छ। जिल्लामा एसपी र एसएसपी पठाउनेबारेमा छलफल भइरहको छ ।
संघबाट पठाए पनि चलाउने प्रदेशले नै हो’, उनले भने, ‘संघीय प्रहरीलाई प्रदेश प्रहरीमा पठाउनुको विकल्प छैन। दुई प्रहरीको व्यवस्था गरेर विवाद होस भन्ने चाहँदैनौँ। यसमा सजग भएर जानुपर्छ।’ बैठकमा बोल्दै नेकपाकी सांसद पम्फा भुसालले संगठनको सर्भे उपलब्ध गराउन माग गरिन्। ‘संगठनको सर्भे छ भने त्यो उपलब्ध गरानुस्’, उनले भनिन्, ‘त्यसबाट समायोजन गर्न सहज हुन्छ । समायोजन हामीले सोचेजस्तो सहज छैन।’ पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्माले प्रदेश सरकारलाई सरकार नै नमानिएको गुनासो गरे। ‘यो चल्दैन भन्ने परेको छ। यो चल्छ भन्ने स्थापित गर्नुपर्छ। प्रहरी संरचना बनायो भने जनतामा भरोसा हुन्छ। जसरी हुन्छ बनाएर जानुपर्छ’, उनले भने, ‘अझै पनि आन्तरिक मामिला मन्त्रीले काम पाएका छैनन्। काम नगर्ने भए त्यो खारेज गरौँ।
होइन भने प्रदेश प्रहरी स्थापना गर्नुपर्छ।’ प्रदेशमाथि राजनीतिक रुपमा प्रश्न उठेको बताउँदै नेता शर्माले त्यसको जवाफ दिन पनि प्रदेश मातहतका संरचना बलियो बनाउन आग्रह गरे। कांग्रेसका सांसद अमरेशकुमार सिंहले अहिले पनि वास्तविक संघीयतामा जान नसकिएको जिकिर गरे। ‘न त हामी वास्तविक संघीयतामा जान सकेका छौं न पूर्ण केन्दीकृत राज्य चलाइरहेका छौं’, उनले भने, ‘जनार्दन माननीयले भने जस्तै भएको छ।
प्रदेशलाई बलियो बनाउने कोशिश भएन।’ प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदाफा ५ र दफा १४ बाहेक सबै विषयमा सहमति जुटेको बताइएको छ। बाँकी सहमति हुन बाँकी विषयमा गृहमन्त्रालये बिहीबार बेलुकासम्म समितिमा उठेका विषयलाई समेटेर प्रतिवेदन तयार पारेर बुझाउने छ। त्यो विषयलाई छलफल गरेर टुंगो लगाउने तयारी छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











