कलिलो उमेरमै हस्पिलाटी क्षेत्रमा जम्दै राजिव श्रेष्ठ, यस्ता छन् उनका विजनेस प्लान
मेरो देश स्वर्ग भन्दा कम छैन युरोप अमेरिका घुम्न गइन्छ तर, काम गर्न जान्न
काठमाडाैं । दरबारमार्गमा व्यापार व्यवसाय गर्नु सामान्य मान्छेका लागि चुनाैतिको विषय हो । नेपालको अत्यन्तै महंगो स्थानको रुपमा परिचित ठाँउ दरवारमार्गमा कलिलो उमेरका युवा सुटेड बुटेड भएर बसेका देखिन्छन् ।
झट्ट हेर्दा लाग्छ उनी धनी बाउका छोरा दरवारमार्गमा रमाइलो गर्न आएका हुन् । तर, त्यस्तो केहि होइन् । उनी हुन किङ्स लाउन्जाका संचालक राजिव श्रेष्ठ ।
उनको उमेरका प्रायः युवा की खाडी भासिन्छन की स्टुडेन्ट भिसामा युरोप अमेरिका अष्ट्रेलिया ताक्छन् । अर्काको मुलुकमा विद्यार्थी भिसामा पुगेपनि उनीहरुले गर्ने काम भनेको भाँडा मस्काउने देखि होटेल रेस्टुरेन्टमा काम गर्ने नै हो । तर, अपवादका रुपमा छन्, काभ्रेका स्थायी बासिन्दा श्रेष्ठ ।
ड्राइभिङ स्कुलबाट व्यवसाय गर्दै गर्दा उनी अहिले दरवारमार्गमा किङ्स लाउन्जाको संचालन गर्ने मुख्य भुमिकामा छन् । बुबाको पेशालाई निरन्तरता दिनेदेखि नयाँ क्षेत्रमा लगानी गर्ने योजना बनाइरहेको छु । श्रेष्ठ भन्छन् । केहि लजालु स्वभावका जस्ता देखिने उनी खुल्दै जाँदा अत्यन्तै मिजासिला र हसिलो मुहारका देखिन्छन् ।
छोटो र सर्टिक कुरा गर्न रुचाउने श्रेष्ठ नाइट लाइफमा रमाउनेहरुलाई दरवारमार्गमा खुवै मज्जाले मनोरञ्जन गर्न सघाउदै आएका छन् । यातायात कार्यालय एकान्तकुनाबाट सुरु भएको ड्राइभिङ स्कुलको पेशा नयाँ बानेश्वरमा समेत फैलिएको छ । तर, उनी सानो उमेरमा भएपनि ड्राइभिङ स्कुलमा मात्रै नरोिएर कार, बाइक वासिङ सेन्टर समेत सुरु गरेका छन् ।
म्यानेजमेन्टका विद्यार्थी समेत रहेका उनी स्नातक उतिर्ण गरेका छन् । व्यवसाय कसरी विस्तार गर्न सकिन्छ र मुनाफा कमाउन सकिन्छ भन्ने मान्यतालाइ अगाडी पार्न उनी हस्पिलाटी क्षेत्रमा समेत लगानी गरेका छन् । जुजुवा लाउन्जा सुरु गरेपनि विविध कारणबस उनले त्यो व्यवसाय बन्द गरेका थिए । अन्ततः उनलाई जुर्यो किङ्स लाउन्जा ।
विश्वकप फुटवलको अवसरमा खुलेको किङ्सले दरवारमार्गमा आक्रामक व्यापार गर्दै गएपछि पोखरामा समेत व्यवसाय सुरु गरिसकेका छन् । होटेल व्यवसायलाई आम पब्लिकको हेर्ने नजर फरक भएपनि युवाहरु मिलेर सुरु गरेको यो व्यवसायले विस्तारै मान्छेको ध्यान परिवर्तन गर्दै भ्रम चिर्न सफल भएको ठन्छन्, श्रेष्ठ ।
किङ्सले पूर्वराजपरिवारलाई समेत किङ्समा मनोरञ्जन गराइसकेको छ । हामी सेक्युरिटी, फुड एण्ड इन्भायरोमेन्टका कारण हामी आम मािनसको मागको विषय बन्न सकेका छाैं मन्द मुस्कानमा श्रेष्ठले जनाए । नेपालमा हस्पिलाटी क्षेत्रमा लगानी गर्दा अत्यन्तै सुरक्षित र आनन्दित बन्दै गएको उनले सुनाए । तर, उनलाई दरवारमार्गमा खड्केको प्रश्न भने पार्किङको व्यवस्था राम्रो बन्यो भने व्यवसायलाई अझ विस्तार गर्न सकिन्थ्यो ।
यस्तै, श्रेष्ठले हाउजिङ कारोबारमा लगानी गर्ने योजना बुन्दै छन् । नेपालमा भुकम्पपछि मानिसहरुमा आफ्नै सानो चिटिक्कको र सुरक्षित घर खोज्ने प्रचलनको विकास भएको छ । उनी यसलाई मध्यनजर गर्दै हाउजिङ व्यवसाय थाल्ने ध्याउन्नमा छन् ।
मुस्काउदै अन्तिममा श्रेष्ठले भने, म विदेश घुम्न सयर गर्न जान चाहन्छु । काम गर्न जान्न । मेरो देशमा धेरै संभावना छ । गरे के हुन्न र । त्यसैले म सवै युवाहरुलाई भन्छु मन चित्त लगाएर काम गराैं हाम्रै देशमा धेरै संभावना छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












