कलिलो उमेरमै हस्पिलाटी क्षेत्रमा जम्दै राजिव श्रेष्ठ, यस्ता छन् उनका विजनेस प्लान
मेरो देश स्वर्ग भन्दा कम छैन युरोप अमेरिका घुम्न गइन्छ तर, काम गर्न जान्न
काठमाडाैं । दरबारमार्गमा व्यापार व्यवसाय गर्नु सामान्य मान्छेका लागि चुनाैतिको विषय हो । नेपालको अत्यन्तै महंगो स्थानको रुपमा परिचित ठाँउ दरवारमार्गमा कलिलो उमेरका युवा सुटेड बुटेड भएर बसेका देखिन्छन् ।
झट्ट हेर्दा लाग्छ उनी धनी बाउका छोरा दरवारमार्गमा रमाइलो गर्न आएका हुन् । तर, त्यस्तो केहि होइन् । उनी हुन किङ्स लाउन्जाका संचालक राजिव श्रेष्ठ ।
उनको उमेरका प्रायः युवा की खाडी भासिन्छन की स्टुडेन्ट भिसामा युरोप अमेरिका अष्ट्रेलिया ताक्छन् । अर्काको मुलुकमा विद्यार्थी भिसामा पुगेपनि उनीहरुले गर्ने काम भनेको भाँडा मस्काउने देखि होटेल रेस्टुरेन्टमा काम गर्ने नै हो । तर, अपवादका रुपमा छन्, काभ्रेका स्थायी बासिन्दा श्रेष्ठ ।
ड्राइभिङ स्कुलबाट व्यवसाय गर्दै गर्दा उनी अहिले दरवारमार्गमा किङ्स लाउन्जाको संचालन गर्ने मुख्य भुमिकामा छन् । बुबाको पेशालाई निरन्तरता दिनेदेखि नयाँ क्षेत्रमा लगानी गर्ने योजना बनाइरहेको छु । श्रेष्ठ भन्छन् । केहि लजालु स्वभावका जस्ता देखिने उनी खुल्दै जाँदा अत्यन्तै मिजासिला र हसिलो मुहारका देखिन्छन् ।
छोटो र सर्टिक कुरा गर्न रुचाउने श्रेष्ठ नाइट लाइफमा रमाउनेहरुलाई दरवारमार्गमा खुवै मज्जाले मनोरञ्जन गर्न सघाउदै आएका छन् । यातायात कार्यालय एकान्तकुनाबाट सुरु भएको ड्राइभिङ स्कुलको पेशा नयाँ बानेश्वरमा समेत फैलिएको छ । तर, उनी सानो उमेरमा भएपनि ड्राइभिङ स्कुलमा मात्रै नरोिएर कार, बाइक वासिङ सेन्टर समेत सुरु गरेका छन् ।
म्यानेजमेन्टका विद्यार्थी समेत रहेका उनी स्नातक उतिर्ण गरेका छन् । व्यवसाय कसरी विस्तार गर्न सकिन्छ र मुनाफा कमाउन सकिन्छ भन्ने मान्यतालाइ अगाडी पार्न उनी हस्पिलाटी क्षेत्रमा समेत लगानी गरेका छन् । जुजुवा लाउन्जा सुरु गरेपनि विविध कारणबस उनले त्यो व्यवसाय बन्द गरेका थिए । अन्ततः उनलाई जुर्यो किङ्स लाउन्जा ।
विश्वकप फुटवलको अवसरमा खुलेको किङ्सले दरवारमार्गमा आक्रामक व्यापार गर्दै गएपछि पोखरामा समेत व्यवसाय सुरु गरिसकेका छन् । होटेल व्यवसायलाई आम पब्लिकको हेर्ने नजर फरक भएपनि युवाहरु मिलेर सुरु गरेको यो व्यवसायले विस्तारै मान्छेको ध्यान परिवर्तन गर्दै भ्रम चिर्न सफल भएको ठन्छन्, श्रेष्ठ ।
किङ्सले पूर्वराजपरिवारलाई समेत किङ्समा मनोरञ्जन गराइसकेको छ । हामी सेक्युरिटी, फुड एण्ड इन्भायरोमेन्टका कारण हामी आम मािनसको मागको विषय बन्न सकेका छाैं मन्द मुस्कानमा श्रेष्ठले जनाए । नेपालमा हस्पिलाटी क्षेत्रमा लगानी गर्दा अत्यन्तै सुरक्षित र आनन्दित बन्दै गएको उनले सुनाए । तर, उनलाई दरवारमार्गमा खड्केको प्रश्न भने पार्किङको व्यवस्था राम्रो बन्यो भने व्यवसायलाई अझ विस्तार गर्न सकिन्थ्यो ।
यस्तै, श्रेष्ठले हाउजिङ कारोबारमा लगानी गर्ने योजना बुन्दै छन् । नेपालमा भुकम्पपछि मानिसहरुमा आफ्नै सानो चिटिक्कको र सुरक्षित घर खोज्ने प्रचलनको विकास भएको छ । उनी यसलाई मध्यनजर गर्दै हाउजिङ व्यवसाय थाल्ने ध्याउन्नमा छन् ।
मुस्काउदै अन्तिममा श्रेष्ठले भने, म विदेश घुम्न सयर गर्न जान चाहन्छु । काम गर्न जान्न । मेरो देशमा धेरै संभावना छ । गरे के हुन्न र । त्यसैले म सवै युवाहरुलाई भन्छु मन चित्त लगाएर काम गराैं हाम्रै देशमा धेरै संभावना छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












