असफल प्रेमले सडकमा पुगेका पूर्व नासु, जसको किरिया समेत भएको थियो
चितवन । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा थिएन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौं टंगालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए ।
त्यतिबेला उनी एक युवतीसँग गहिरो प्रेममा फसे।त्यही प्रेमबाट बिछोडिँदा उनी घर न घाटको भए । काठमाडौं महानगरपालिका- ५ का वडाध्यक्ष रमेश डंगोलका अनुसार धादिङमा सडक विभागमा नायब सुब्बा भएर काम गर्थे, प्रेमबाट बिछोडिँदा मनोरोगी भए, त्यसपछि झण्डै २५-३० वर्षदेखि सडकमै बास भयो ।’
हाँडीगाउँ आसपासका सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले रुपैयाँ माग्ने उनको दैनिकी बन्यो।बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्थे । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने। स्थानीयका अनुसार पछिल्लो समय उनी मदिराको लतमा देखिन्थे।
विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डंगोलले भने, ‘नत सफल हुन सक्यो न परिवारमै अडेर बस्न सके ।’ आमा हुँदासम्म उनी केही समय घरमा पनि बस्ने गरेका थिए । आमाको शेषपछि भने उनको बास सडकमै भएको स्थानीय बताउँछन् ।
एकपटक सडकमा घुम्दाघुम्दै हराए। त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डंगोल सम्झन्छन् । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शव पहिचान गर्न उनी आफै गएका थिए ।
केसीले प्रविणता प्रमाणपत्र तह पास गरेका छन्।धादिङमा उनी जागिरमा छँदै मानसिक समस्या आएको स्थानीय बताउँछन् । मनोविद् डा. नरेन्द्रसिंह ठगुले भने, ‘प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ। जीवनप्रति नैराश्यता तथा एक्लोपन भएकाहरुको बेलैमा सही व्यवस्थापन गर्न नसकिए भने मासिक समस्या देखिन्छ। यस्तो समस्या आए मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ।’ त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उनले बताए ।
यसरी गरियो उद्धार
आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँडेको देखेपछि डंगोले काठमाडौँ महानगरसँग समवन्य गरी मानव सेवा आश्रममा राखेका हुन्। वडाध्यक्ष डंगोल र वडा सदस्य मिनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी उनलाई आश्रममा पुर्याइएको हो ।
वडा सदस्य प्रजापतिले उनी आफूले देखेदेखि सडकमा देखेको बताइन्। सुरुमा त्यति ठीकै अवस्थामा देखिने गरेका उनी विस्तारै गम्भीर मानसिक समस्यामा देखिएको उनले बताइन् ।
आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ।आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाका अनुसार चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको बताए ।
पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेला घरपरिवारको बेवास्ता असफल प्रेमजस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











