नेको इन्सुरेन्सको प्रमुख कार्यकारीमा अशोक खड्का नियुक्त
को हुन खड्का, जसले नेको इन्सुरेन्स हाँक्दै छन ?
काठमाडाैं । नेको इन्सुरेन्स लिमिटेडले अशोक कुमार खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
खड्कालाई नेकोको ३६९ औं बैठकले प्रमुख कार्यकारी अधिकृतको पदमा साउन २२ गते देखि लागु हुनेगरि चार वर्षका नियुक्ति गरेको जानकारी दिएको छ भने, खड्काको नियुक्तिलाई बीमा समितिले साउन १२ गते नै सविकृति प्रदान गरिसकेको नेकोले जनाएको छ ।
व्यवस्थापन प्रमुखको जिम्मेवारी पाएका खड्का बैंकिङ क्षेत्रका सफल व्यक्ति समेत मानिन्छन् । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका खड्काले नेकोको जिम्मेवारी पाएसँगै नयाँ योजना बनाएर आम ग्राहकको मनोभावनालाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रण समेत गरेका छन् ।
सन १९९४ देखि तत्कालिन नेपाल ईण्डोस्वेज बैंक लि. बाट बैंकिङ्ग सेवामा प्रवेश गरेका खड्काले नेपाल इन्भेष्टमेन्ट बैक लि., प्राइम कमर्शियल बैंक लि., स्ट्याण्डर्ड फाइनान्स लि.का साथै माछापुच्छ्रे बैंक लि.को विभिन्न शाखा तथा विभागमा उच्च पदमा रहेर कार्य गरेका छन् ।
खड्का यसअघि स्ट्याण्डर्ड फाइनान्स लि.मा नायव माहाप्रवन्धक पदमा कार्यरत थिए भने, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्स लि.को मर्जरमा महतवपूर्ण भुमिका खेलेका थिए । मर्जर पश्चात माछापुच्छ्रे बैंकमा बरिष्ठ प्रवन्धक रहि कर्जा विभाग, कानून विभाग, कर्जा असुलि विभाग तथा कर्जा जोखिम विभागको जिम्मेवारी सम्हाल्दै मिति २०७१ सालमा नेको इन्सुरेन्समा सल्लाहकारका रुपमा प्रवेश गरेका हुन ।
गैरआवसीय नेपाली उपेन्द्र महतो समूहको मूख्य लगानी रहेको माछापुच्छ्रे बैंकबाट उनी महतो समहूकै लगानी रहेको नेको इन्स्योरेन्स छिरेका थिए। नेकोमा महतो समूहको करिव ३८ प्रतिशत सेयर लगानी छ ।
खड्काले बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव हासिल गरेका छन भने, उनले व्यवस्थापनमा त्रिभुवन विश्व विद्यालयबाट स्नात्तकोत्तर गरेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












