नेको इन्सुरेन्सको प्रमुख कार्यकारीमा अशोक खड्का नियुक्त
को हुन खड्का, जसले नेको इन्सुरेन्स हाँक्दै छन ?
काठमाडाैं । नेको इन्सुरेन्स लिमिटेडले अशोक कुमार खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
खड्कालाई नेकोको ३६९ औं बैठकले प्रमुख कार्यकारी अधिकृतको पदमा साउन २२ गते देखि लागु हुनेगरि चार वर्षका नियुक्ति गरेको जानकारी दिएको छ भने, खड्काको नियुक्तिलाई बीमा समितिले साउन १२ गते नै सविकृति प्रदान गरिसकेको नेकोले जनाएको छ ।
व्यवस्थापन प्रमुखको जिम्मेवारी पाएका खड्का बैंकिङ क्षेत्रका सफल व्यक्ति समेत मानिन्छन् । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका खड्काले नेकोको जिम्मेवारी पाएसँगै नयाँ योजना बनाएर आम ग्राहकको मनोभावनालाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रण समेत गरेका छन् ।
सन १९९४ देखि तत्कालिन नेपाल ईण्डोस्वेज बैंक लि. बाट बैंकिङ्ग सेवामा प्रवेश गरेका खड्काले नेपाल इन्भेष्टमेन्ट बैक लि., प्राइम कमर्शियल बैंक लि., स्ट्याण्डर्ड फाइनान्स लि.का साथै माछापुच्छ्रे बैंक लि.को विभिन्न शाखा तथा विभागमा उच्च पदमा रहेर कार्य गरेका छन् ।
खड्का यसअघि स्ट्याण्डर्ड फाइनान्स लि.मा नायव माहाप्रवन्धक पदमा कार्यरत थिए भने, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्स लि.को मर्जरमा महतवपूर्ण भुमिका खेलेका थिए । मर्जर पश्चात माछापुच्छ्रे बैंकमा बरिष्ठ प्रवन्धक रहि कर्जा विभाग, कानून विभाग, कर्जा असुलि विभाग तथा कर्जा जोखिम विभागको जिम्मेवारी सम्हाल्दै मिति २०७१ सालमा नेको इन्सुरेन्समा सल्लाहकारका रुपमा प्रवेश गरेका हुन ।
गैरआवसीय नेपाली उपेन्द्र महतो समूहको मूख्य लगानी रहेको माछापुच्छ्रे बैंकबाट उनी महतो समहूकै लगानी रहेको नेको इन्स्योरेन्स छिरेका थिए। नेकोमा महतो समूहको करिव ३८ प्रतिशत सेयर लगानी छ ।
खड्काले बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव हासिल गरेका छन भने, उनले व्यवस्थापनमा त्रिभुवन विश्व विद्यालयबाट स्नात्तकोत्तर गरेका छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












