खानेपानी मन्त्रालयका सचिव शर्माको औपचारिक बिदाई कार्यक्रम सम्पन्न
काठमाडौं । निजामती सेवामा सचिव पदबाट अवकास पाएका खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई औपचारिक बिदाई गरिएको छ ।
आजै मंगलबारदेखि अवकास पाएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाई गरेको हो । खानेपानी मन्त्री बिना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई मन्त्रालयबाट औपचारिक बिदाई गरिन् ।
बिदाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि महत्वपूर्ण हुने बताइन् । ‘समाज र राष्ट्रका लागि आगामी दिनमा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ उनले भनिन, ‘प्रशासनिक क्षेत्रमा राष्ट्रले ठूलो लगानी गरेको छ । उहाँ जस्तो व्यक्तित्वका लागि राष्ट्रले लगानी गरेको हुँदा उहाँ आगामी दिनहरुमा थप उर्जाका साथ राष्ट्र निर्माणमा लाग्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।’
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले सचिव शर्मा कुशल प्रशासक, क्षमतावान् र काममा लगनशील व्यक्ति भएको टिप्पणी गरे ।
बिदाई कार्यक्रममा बोल्दै सचिव शर्माले आफू आगामी दिनमा राष्ट्रको सेवा गर्न सधैं तयार रहेको बताए । उनले अवकासपछि पनि मन्त्रालयको कुनै पनि काममा स्वयंसेवक भएर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।
विशिष्ठ श्रेणी (सचिव) पदमा पदोन्नति भएको पाँच वर्ष पुरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था छ । शर्माको सचिव पदमा पदोन्नति भएको आज मंगलबार पाँच वर्ष पुगेकाले अवकास भएका हुन् । उनी निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गरेका थिए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












