अपडेटः मृत्यु हुने तीन जना एकै परिवारका, बसमा ४५ यात्रु रहेको पुष्टि (नामवलीसहित)
काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस आज (शुक्रबार) बिहान त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ ।
सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको थियो । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । दर्जनभन्दा बढी हराइरहेको प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। उनीहरू एकै परिवारका रहेकाे प्रहरीकाे भनाइ छ।
१ चालक, १ कण्डक्टर र १ सहचालक रहेको बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई जना यात्रु चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन र कौडेना गाउँपालिका शिवनगरका मोहम्मद मतलुङ छन् । लक्ष्मीपुरका मनिष रायको नाममा २, औरहीका रवि कुमारको नाममा ३ जना र भारत मुज्जफरपुरका आशिष कुमारकाे नाममा दुई जना यात्रुले टिकक लिएको काउन्टरको रेकर्डमा फेला परेको छ । त्यसैगरी, भारतका अररियाका दिलीप दासकाे नाममा तीन, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारकाे नाममा चार, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोकाे नाममा ३, भारत लरकवाका रामबाबु यादवको नाममा ३ र कुवारीका अजय ठाकुरले दुई जनाले टिकट लिएर बस चढेकाे सर्लाही प्रहरीले जनाएकाे छ ।
त्यस्तै, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामा पनि बसमा सवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा परेका १६ को भने उद्धार गरेको छ । उद्धार गरिएकामा भूपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी र राहुल रहेका छन् ।
दुर्घटनामा ३ को मृत्यु र १६ को उद्धार गरिए पनि बाँकी यात्रु भने हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ । दुर्घटनामा ३ को मृत्यु र १६ को उद्धार गरिए पनि बाँकी यात्रु भने हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












