प्रधानमन्त्री ओलीले बोलाए सर्बदलिय बैठक
सत्य निरुपण तथा खोजबिन आयोग प्रमुख एजेण्डा
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आह्वान गरेका छन् ।
सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सरकारी निवास वालुवाटारमा सर्वदलिय बैठक डाकेका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई साँझ पाँचबजे छलफलका लागि बालुवाटार बोलाइएको छ। संक्रमणकालीन न्याय निरुपण गर्न विभिन्न दुई आयोग गठन गरेर द्वन्द्धकालीन मुद्धालाई हल खोजिने भनिएपनि द्वन्द्धकालीन मुद्धामा मानिसहरु पक्राउ परेर जेल चलान हुने गरेका छन् ।
सत्य निरुपण र मेलमिलाय तथा खोजबिन आयोग गठन गर्न प्रधानमन्त्री ओलीले छलफलका लागि बैठक आह्वान गरेका हुन् । शान्ति प्रक्रियामा नेपालले प्रवेश गरेको लामो समय भएपनि आयोगमा नियुक्ति नहुँदा अन्तराष्ट्रिय समुदायले नेपालमा दबाब दिदै आएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार संसदलाई सम्बोधन गर्दै यसै साता आयोग गठन हुने र द्वन्द्धका घाउ खाटाहरुलाई समाप्त पार्न आयोग गठन गरिने जनाएका थिए ।
यद्यपी यी दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ। दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दई दलका नेताबीच छलफल भइरहेको छ ।
सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा छ । तर २ दलले नामको टुंगो गरिसकेका छैनन् ।
प्रधानमन्त्री ओली यहि ५ गते स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाँदैछन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












