प्रभु साहले प्रदेश २ अध्यक्षबाट दिए राजीनामा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् ।
पार्टीले भूमिकाविहिन बनाएको भन्दै अध्यक्ष साहले प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।
स्थायी कमिटी सदस्यका दावेदार मानिएका साह कमिटीमा अटाएका थिनन् । उनलाई अध्यक्षको जिम्मेवारी दिइएपनि प्रदेश कमिटी सदस्य सदस्य चयन गर्दा उनीसँग सल्लाह नै नभएपछि उनी चिढिदै गएका थिए ।
साह निकट स्रोतले भन्यो, पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उहाँ माैन बस्नु भएको थियो । अध्यक्षको जिम्मेवारी पाएदेखि नै उहाँको भुमिकालाई खुम्च्याउने प्रयास भइरहेका थिए । जिल्ला कमिटि सर्वसम्मत चयन गर्दा पनि माधव कुमार नेपालको विरोधपछि प्रचण्डको निर्देशनमा सपथ ग्रहण कार्यक्रम रोकियो । लगातार असहयोग र नेतृत्वलाई घेराबन्दी गर्ने काम भयो । त्यसैले राजीनामा दिनु भएको हो ।
साहले प्रदेश २ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिन तयारी थाल्नु भएको थियो तर, नेकपामा नेताहरुबीच चलेको जुंगाको लडाइका कारण रोक्नै पर्ने भयो । काम गर्ने वातावरण नभएपछि पद ओगटेर बस्नुको के काम भयो र ? उनी निकट स्रोतले बतायो ।
साहले पदबाट राजीनामा दिएको उनका निजी सचिव निभेष कुमारले पुष्टि गरेका छन ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











