रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतको आदेश
काठमाडाैं । जिल्ला अदालत चितवनले रवि लामिछानेसहित तीन जनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनले रवि लामिछाने, युवराज कडेल र रुकु कार्की (अस्मिता)लाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
प्रहरीले लामिछानेसहित तीन जनालाई आज मंगलबार पाँच दिन थुनामा राख्न माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत चितवनले उनीहरुलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
२०७६ साउन ३० मा काठमाडौंबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर पहिलो पटक साउन ३१ गते अदालत उपस्थित गराएको थियो । भने उनीहरुलाई अदालतले पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।
मंगलबार राजधानीबाट गएका कानुन व्यवसायी सुनिल पोखरेलसहितले लामिछानेलाई धरौटीमा छोडी कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए। तर, प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आत्महत्या दुरुत्साहनमा पक्राउ परेका लामिछानेसहित ३ जनालाई नै थप ५ दिन थुन्न अनुमति दिएका हुन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












