काश्मिर प्रकरणबाेर पाकिस्तानले खोज्यो नेपालको भूमिका
काठमाडाैँ । भारत प्रशासित जम्मू-काश्मीरबारे जानकारी गराउँदै पाकिस्तानले नेपालको भूमिका खोजेको छ।
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत काश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन्।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयबाट जारी विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भारत प्रशासित जम्मू काश्मीरका विषयमा कुराकानी गरेको उल्लेख गरिएको छ ।
पाकिस्तानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले आफ्ना नेपाली समकक्षीसँग जम्मू काश्मीरका विषयमा चालिएको गैरकानुनी र एकतर्फी हस्तक्षेपका विषयमा कुराकानी गर्नुभएको छ जुन अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको निर्णयको उल्लंघन समेत हो ।’
पाकिस्तानी विदेशमन्त्रीले भारतको यो कदमले सिंगो दक्षिण एसियाको शान्ति र स्थिरतामा नै प्रभाव गर्ने चिन्ता व्यक्त गरेका छन् ।
उनले सार्कको अध्यक्ष भएको नाताले शान्ति र स्थायित्व तथा जम्मू काश्मीरका जनताले भोग्नुपरेको समस्याका विषयमा आफ्नो भूमिका खेल्न आग्रह गरेका छन् ।
जवाफमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले जम्मू काश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
काश्मीरको मुद्दा शान्तिपूर्ण रुपमा समाधान गरिनुपर्ने पक्षमा रहेको बताएका छन् । दुई नेता यस क्षेत्रको शान्ति र स्थायित्वका लागि मिलेर अघि बढ्न सहमत भएका छन् ।
भारतले पनि काश्मीरका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेको स्रोतले जनाएको छ । ५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच समेत तनावको अवस्था सिर्जना भएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











