देशैंभरि डेंगीको प्रकोप, कृषि मन्त्री र २ चिकित्सकसहित १३ स्वास्थ्यकर्मी नै संक्रमित
काठमाडाैं । डेंगी प्रकोपबारेको समाचारलाई कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ । देशैभरि फैलिएको डेंगुबाट कृषिमन्त्री र दुई चिकित्सकसहित १३ स्वास्थ्यकर्मी संक्रमित भएको समाचारमा लेखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित ११ जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका २ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाललाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।
खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना हुनुभएको छ । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुग्नुभएको थियो । अस्पतालले उहाँलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पण्डेले जानकारी दिनुभयो । यो समाचार नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











