मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा
बझाङ । सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ ।
बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा सङ्कलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहुँदा अन्योलमा परेका छन् ।
तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुननसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए । गत वर्ष प्रतिकेजी रु १८ लाखका दरले खरीद बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी रु आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि सङ्कलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताए ।
यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा सङ्कलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् । जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुङ्गललगायत उत्तरी भेगका बासिन्दा वर्षेनी यार्सा सङ्कलन गर्न जाने गरेका छन् ।
यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुङ्गी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्ला बाहिरका मानिस जाने गरेका छन् । प्रत्येक वर्ष जथाभावी फोहर तथा उत्खनन गर्ने र धेरै मानिस सङ्कलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हँुदा आगामी वर्षहरुमा यार्सागुम्बा सङ्कलनकार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












