मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा
बझाङ । सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ ।
बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा सङ्कलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहुँदा अन्योलमा परेका छन् ।
तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुननसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए । गत वर्ष प्रतिकेजी रु १८ लाखका दरले खरीद बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी रु आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि सङ्कलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताए ।
यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा सङ्कलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् । जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुङ्गललगायत उत्तरी भेगका बासिन्दा वर्षेनी यार्सा सङ्कलन गर्न जाने गरेका छन् ।
यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुङ्गी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्ला बाहिरका मानिस जाने गरेका छन् । प्रत्येक वर्ष जथाभावी फोहर तथा उत्खनन गर्ने र धेरै मानिस सङ्कलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हँुदा आगामी वर्षहरुमा यार्सागुम्बा सङ्कलनकार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...











