विकासमा राजनीति गर्नुहुँदैन: मन्त्री राई
नेपालगञ्ज । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताएका छन् ।
नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भने, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।”
उनले विकासमै राजनीति गर्न लागियो भने हामी कही पुग्दैनौँ भन्दै बाँके जिल्लाको विकासमा आप्mनो मन्त्रालयबाट हुन सक्ने सबै प्रयास गर्ने बताए । उनले ‘म नेपालगञ्ज निवासी भए पनि मेरो भूमिका मुलुकभरिका लागि हो’ भन्दै आवश्यकताका आधारमा आफूले सबै जिल्लालाई न्याय गर्दै जाने विश्वास दिलाए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश ५ का प्रदेशसभा सदस्द्वयय आइपी खरेल र विजय यादव, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, आयोजना प्रमुख सुभाष बस्नेत लगायतले बोलेका थिए । एशियाली विकास बैंकको सहयोगमा रु ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सो डम्पिङ साइटको निर्माण भएको हो ।
Comments
अरु समाचार
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...












