गुट उपगुट बनाउन तछाड मछाड गर्न पार्टी एकता गरेका होइनौँ: प्रचण्ड
एउटा आन्दोलनको आवश्यक छ, पूर्वी युरोपका कम्युनिष्टको जस्तै हुन सक्ने स्थिति आउन सक्छ
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी एकता आपसी गुट उपगुटबीचको तछाड मछाडका लागि नभई समाजवादी लक्ष्य प्राप्तीका लागी भएको बताएका छन ।
आज (सोमबार) नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित सहाना प्रधान पाचाैँ स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले मार्क्स्वाद दृष्टिकोणमा आधारीत रहेर नेपाली जनवादी क्रान्तिलाई सफल पार्न प्रधानको अतुलनीय योगदान गरेको जनाए ।
पुष्पलाल लगाएतका नेताहरुले कष्टपूर्ण जीवन व्यतित गर्दै निष्पक्ष, निर्भिक र कम्युनिष्ट आन्दोलप्रति इमान्दार भएर आन्दोलनमा लागेकै कारण नेपालमा क्रान्ति सम्पन्न हुने चरणमा प्रवेश गरेको प्रचण्डको जिकिर थियो ।
नेपालमा जरा गाडेर बसेको निरंकुशतन्त्र समाप्त पारेर जनताको जनवाद स्थापन गर्न विभिन्न चरणका आन्दोलन र जनयुद्धले भुमिका खेलेको स्मरण गर्दै प्रचण्डले भने आन्दोलनको क्रममा रहेकला कम्युनिष्ट र सत्तामा रहँदाका कम्युनिष्टको आचरण व्यवहार स्खलित हुन थालेको हो की भन्ने आन लाग्न थालेको समेत जनाए ।
नेकपाको नाम कम्युनिष्ट भनिपनि भनेकै भरमा कम्युनिष्ट हुन नसकिने प्रचण्डको टिप्पणी थियो । उनले भने, पार्टीको नाम कम्युनिष्ट भनेर राखेपनि आचरण व्यवहार कांग्रेस जस्तै देखिएपछि जनताको आक्रोश हुनु स्वभाविक हो ।
संविधानमा समाजवाद भनेर उल्लेख गर्दैमा समाजवादको चरणमा प्रवेश गरिसकेको भनेर भन्न नसकिने भन्दै प्रचण्डले पूर्वी युरोपमा कम्युनिष्ट जस्तै बन्न सक्ने खतरा रहेको समेत स्पष्ठ पारे ।
के गर्छौ भन्ने कुरा को अर्थ हुने तर के भन्छौ भन्ने कुरा गौण रहेको प्रचण्डको दाबी थियो । भनाइ भन्दा गराई पक्ष राम्रो नभएमा क्मयुनिष्टप्रति जनताको विश्वास टुट्ने उनको भनाई थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












