नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त अन्तरक्रिया कार्यक्रम राजधानीमा सुरु
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।
आज (सोमबार) राजधानीको होटल याक एन्ड यतीमा दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रम सुरु भएको हो। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘विचारधारात्मक छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा सी चिङपिङ विचारधारबारे चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो धारणा राख्नेछ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाली नेताहरुले मन्तव्य राख्ने छन् भने छलफल सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले बोल्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने सो कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुई कार्यपत्र प्रस्तुत हुनेछन्।
सो अन्तरक्रिया कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सोमबार दिउँसो नेपाल आइपुगेका हुन्। यसअधि नै सोही कार्यक्रममा सहभागी हुन ४० सदस्यीय टोली नेपाल आएको थियो। सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस हुने छ।
नेपालका तर्फबाट प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सैद्धान्तिक अवधारणा र यसको विकासक्रमबारे बोल्नेछन् भने चिनियाँ पक्षबाट प्रस्तुत हुने तीनवटा कार्यपत्र राष्ट्रपति तथा पार्टी महासचिव सी चिङफिङले अघि सारेका महत्वाकांक्षी विकास अवधारणा र पार्टीको सैद्धान्तिक अवधारणाबारे हुनेछन्।
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपाली चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो।
कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।
दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन्, जसलाई चीनमा माओत्सेतुङपछिकै वैचारिक विकास मानिएको छ।
माओपछि सीलाई नै चीनको नेताका रुपमा स्थापित गर्नेगरी उनको विचारलाई अहिले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गरिँदै छ।संभवतः त्यही क्रममा नेपालमा पहिलो पटक सी विचारधाराबारे दुई पार्टीबीच यो स्तरमा बहस हुन लागेको हो।
नेकपा स्कुल विभागका एक जना उपप्रमुखका अनुसार कार्यक्रमलाई बढी अन्तरक्रियामुखी बनाउने गरी डिजाइन गरिएको छ। जसअनुसार नेताहरुले भाषण गर्ने र अरुले सुन्ने मत्रै होइन, सैद्धान्तिक विषयमा प्रश्नोत्तर चलाउने गरी बढी समय सहभागीलाई दिइने छ।
‘दुबै देशका कम्युनिस्ट पार्टीबीच रहेका समानता र भिन्नताबारे कार्यकर्तालाई प्रस्ट हुने अवसर मिल्नेछ’, विदेश मामिला विभाग उपप्रमुखले भने, ‘यसबाट चीनले कसरी पार्टी चलाइरहेको छ भन्ने थाहा हुनुका साथै उनीहरुको विकास अवधारणाबारे पनि जानकारी हुनेछ।’
नेकपाका स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले भने चिनियाँ कम्युनिष्ट पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिने कार्यक्रम रहेपनि अन्य कार्यक्रम ठोस तय नभएको बताए।
कार्यक्रमकै बीचमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच समझादारीपत्रमा हस्ताक्षर हुने योजना छ।
नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीचको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन एमाले र माओवादीसँग अलग-अलग सम्बन्ध राख्दै आएकामा नेकपा बनेपछि नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको थाहा भएको छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











