अलैँची जोनमा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता
फिदिम । अलैँचीको उत्पादन र गुणस्तरमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालित अलैँची जोन कार्यक्रममा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रममा धेरै वटा तालीम, गोष्ठी, कार्यशाला र प्रकाशन–प्रसारणका कार्यक्रम राखिएका छन् । यस्तै अनुदानका कार्यक्रमलाईसमेत प्राथमिकतामा राखिएको छ । तर अलैँची उत्पादन ह्रासको क्रमलाई न्यून गर्ने, गुणस्तर सुधार गर्ने तथा उचित मूल्य पाउन नसकेको अलैँचीको स्थानीय बजार खोज्ने कार्यक्रमले उचित स्थान नपाएको सरोकारवालाले गुनासो गरेका छन् ।
परियोजना कार्यान्वयन एकाई पाँचथरले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६-७७ को कार्यक्रमअनुसार उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालीम, जिल्लास्तरीय तालीम, बजार प्रवद्र्धनसम्बन्धी गोष्ठी, योजना निर्माण गोष्ठी, सार्वजनिक सुनुवाइ, रेडियो कार्यक्रम, प्रचार सामग्री प्रकाशन, भिडियो डकुमेन्ट्री निर्माण, अवलोकन भ्रमण, मेला महोत्सव आयोजना, सञ्चालक समिति सञ्चालन, उन्नत प्रविधि प्रदर्शन तथा तालीम सञ्चालन गर्ने कार्यक्रम उल्लेख छ ।
यस अतिरिक्त भकारो सुधार गर्ने, लक्षित बालीको बजारीकरणमा एक संस्थालाई अनुदान दिने, ५० प्रतिशत अनुदानमा अलैँचीका बिरुवा वितरण गर्ने, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिने, मेसिनरी औजार उपकरणमा अनुदान दिने, अलैँची प्रशोधन उद्योग सञ्चालन गर्ने, साना सिँचाइ निर्माण र मर्मत गर्ने तथा सुधारिएको अलैँची भट्टी निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई चालू वर्षमा ठूलो बजेट छुट्ट्याइएको छ ।

किसान समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेल परियोजनाका अधिकांश कार्यक्रम तालीम, गोष्ठी मात्रै हुनुले प्रतिफल प्राप्त हुन कठिन हुने बताउछन् । “यहाँको मुख्य नगदेबाली भएका कारण अलैँचीको उत्पादन वृद्धि र उचित मूल्य प्राप्तिका लागि प्रभावकारी कार्यक्रम निर्माण आवश्यक थियो”, पोखरेलले भने, “आवधिक योजनासहितका कार्यक्रम तय भएनन् । यी कार्यक्रमबाट प्रतिफल प्राप्त गर्न सकिँदैन् ।” परियोजना र स्थानीय तहबीच उचित समन्वय नभएको गुनासो सुनिने गरेको पोखरेलको भनाइ छ । फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले अलैँची जोन कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगरिएको, प्रभावकारी हुने कुनै पनि कार्यक्रम समावेश नगरिएको बताए ।
“अलैँची जोनको कार्यक्रम निर्माण र कार्यान्वयनमा हामीसँग समन्वय हुनुपर्ने हो । जोन कार्यक्रम र स्थानीय तहको सहकार्यले मात्रै कार्यक्रम प्रभावकारी हुनसक्दछ”, अध्यक्ष केरुङले भने, “समन्वय र सहकार्यको अभावले कार्यक्रम प्रभावकारी हुनसकेन ।” कार्यक्रम प्रभावकारी नहुँदा अलैँचीको गुणस्तर सुधार हुन नसकेको, अपेक्षाकृत अलैँची उत्पादनमा वृद्धि नभएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।
अलैँचीको उत्पादन वृद्धि र गुणस्तर सुधारमा सरकारले वर्षेनी करोडौँ रुपैयाँ बजेट छुट्ट्याए पनि स्थानीयवासीले उचित लाभ प्राप्त गर्न नसक्नु दुःखद् अवस्था रहेको केरुङको गुनासो छ । अध्यक्ष केरुङले स्थानीयवासीले उक्त कार्यक्रममा अनियमितता भएको गुनासोसमेत गर्ने गरेको बताए ।
फालेलुङ गाउँपालिकाका आठवटै वडामा सञ्चालित कार्यक्रमको चालू आर्थिक वर्षको बजेट रु दुई करोड २७ लाख ६९ हजार छ । १६ हजार ५८३ हेक्टरमा सञ्चालित कार्यक्रममा यहाँका ८८ कृषक समूह र पाँचवटा कृषि सहकारी आबद्ध छन् । कार्यक्रमबाट हालसम्म एक हजार ३८५ परिवार किसान लाभान्वित भएको परियोजना कार्यान्वयन एकाइको तथ्याङ्क छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












