प्रधानमन्त्री ओलीको निर्देशनः राजनीतिक प्रभावमा ठेकेदारलाई कसैले नच्याप्नू
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउने गरी योजनाबद्ध र समन्वयतात्मकरुपमा सक्रिय हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महिनाको समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्ने पनि निर्देशन दिए।
‘अगाडि नबढेका आयोजनाहरु के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ। यस दुई महिनामा नभएका काम छन् भने आगामी दुई महिनामा दोब्बररुपमा काम गर्नुपर्छ’, उनले भने, ‘त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ। यसमा साथीहरुको ध्यान जाओस्। काम बढी गरेर प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस्।
उनले महत्वपूर्ण र ठूला काम हुन नसकेमा साना साना काम सम्पन्न हुनुको अर्थ नरहने भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले त्यसो नगर्न भन्दै फाइल बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे।
उनले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गरे। ‘हामी चल्ते चलाते ढंगले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहान्छौँ। जटिलता होइन। सहजता खोज्नुपर्छ’, उनले भने। ओलीले विकास किन भएन? किन ढिलो हुन्छ? कारणहरु खोज्नुपर्छ। खरिद ऐन वा अरु कारणहरु के छन्? एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का लिन्छ? भन्ने प्रश्नको उत्तर खोज्नपर्ने उल्लेख गर्दै राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने बताए।
उनले देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शीता र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर जनतामा सन्तुष्टि दिन आग्रह गरे। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीहरुसँगको कार्यसम्पादन सम्झौताअनुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरिएको थियो।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












