राष्ट्रपति सीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी टोलीले ‘फुल कार्गेड रिहर्सल’ गर्दै
काठमाडाैं । दुई दिने राजकीय नेपाल भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षा तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीले आज दिउसो फुल रिहर्सल गर्ने भएका छन् ।
सुरक्षाकर्मीहरुले आज दिउसो ३ बजे फुल रिहर्सल गर्ने गृहमन्त्रालय स्रोतले जनाएको छ ।
गृहस्रोतका अनुसार सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि चिनियाँ राष्ट्रपति सी बस्ने होटल सोल्टीसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘फल रिहर्सल’ गर्ने भएको हो ।
राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन् ।
सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको कन्फिडेन्स लेभल बढाउन र सुरक्षा तथा सवारी व्यवस्थापनमा कुनै कमजोरी नहोस भनेर यस्तो तयारी गरण लागिएको हो ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्ट होटेलबाट लुम्बिनी जाने क्रममा सवारी सुरक्षामा सवारीको क्रममा रहेको कार्गेट टोलीका एक मोटरसाइकल कालीमाटीमा चिप्लिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ सामान्य घाइते समेत भएका थिए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











