निवर्तमान सभामुख महरा पुर्पक्षकालागि थुनामा !
महरालाई डिल्लीबजार कारागारमा पठाइने
काठमाडाैं । बलात्कार प्रयासमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षकालागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
काठमाडाैं जिल्ला अदालतले महरालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो ।
‘सभामुखजस्तो गरिमामय पदमा आसिन भएका महराले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरेको अभियोग लागेको र पछि सो ठहरेमा मागदाबी बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिन्छ,’ अदालतको आदेशमा भनिएको छ । भने, उनलाई डिल्लीबजार कारागारमा पठाइने जनाइएको छ ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी बराल, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटाले र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए ।
महराको थुनछेक बहस भइरहेको बन्द इजलासमा रोशनी शाही समेत बहस सुन्न उपस्थित भएकी थिइन् । उनी बहस सकिएलगत्तै अदालतबाट बाहिरिएकी हुन् ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका थिए । उनी सरकारी निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ परेका थिए ।
Comments
अरु समाचार
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...