सत्तारुढ दल नेकपाको युवा संगठनले ‘गो ब्याक इण्डिया’ भन्दै निकाल्यो र्याली
नेपाल-भारतको सीमा नजिकै गो ब्याक इण्डियाको नारा लागेपछि...
बाँके । भारतको सीमा नजिकै नेपालगञ्जमा ‘गो ब्याक इण्डिया’को नारा लगाउदै भारतको विरोध भएको छ ।
भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरादेखि विभिन्न स्थान समेटिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले विरोध सुरु गरेको हो ।
बाँकेको नेपालगञ्जमा युवा संघ नेपालद्वारा विरोध र्यालीका साथै मोटरसाइकल र्याली समेत निकालिएको छ । विरोधसभामा पूर्व वाइसिएलका नेता रतन शाही र पूर्व युवा संघ नेपालका नेता किशोर थापा लगायतका नेताहरुले भारतीय कदमकाविरुद्ध ‘गो ब्याक इण्डिया’ भन्दै आवाज उठाएका हुन् । भने कोणसभामा बोल्दै दुवै नेताले भारतले उसको निर्णय नसच्याए डटेर सामना गर्ने चेतावनी समेत दिएका छन् ।
भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण देशैभर आन्दोलन तथा बिरोधका कार्यक्रमहरु भइरहेका छन् ।
नेपालगञ्जको विपी चोकदेखि धम्बोजी चोकसम्म र्याली निकालिएको थियो । नेपाल सरकारले समेत भारतको उक्त कदमलाई अमान्य भनेर टिप्पी गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल लगायतका दल तथा नेताहरुले यसबारे खुलेर विरोध जनाइसकेका छन् । यद्यपी भारतले वार्ताबाट विवाद समाधान गर्न तयार रहेको प्रतिक्रिया जनाइसकेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
जलेश्वर (महोत्तरी) । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
डोटीमा जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको ज्यान गयो
डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटना भएको...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
हिंसापीडित महिलाका लागि न्याय माग्दै राष्ट्रिय महिला आयोगमा नाराबाजी
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...












