भैरहवामा प्रचण्डले भनेः पूर्वाधार र शहर विकास भएको ठाँउमा राजधानी राख्न जरुरी छैन्
प्रदेश ५ राजधानीबारे प्रचण्डले के भने ?
भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ राजधानिबारे बोलेका छन् ।
लुम्बिनी पर्यटन प्रवर्दन, औधोगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटनमा बोल्दै प्रचण्डले आम नागरिकको सहजता र सुविधाको आधारमा राजधानी तोकिने जनाएका हुन् ।
प्रदेश राजधानीबारे बोल्दै प्रचण्डले पूर्वाधार विकास भइसकेको ठाँउमा राजधानी राख्नु आवश्यक नरहेको भन्दै नयाँ स्थानमा राजधानी राख्न सकिने जनाए । उनले प्रदेश ५ का विभिन्न स्थानमा पुग्दा त्यहाँका जनताले राजधानी माग गर्ने गरेको स्मरण गरे ।
शहर र पूर्वाधारको विकास भइसकेको स्थानमा राजधानी राख्नु पर्छ भनेर आफ्नो मत नरहेको भन्दै उनले मास्टर प्लान बनाएर राजधानी नयाँ स्थानमा राख्न सकिने उनले जनाए । आफ्नो भनाई गलत ढंगले नबुझिदिन आग्रह गर्दै प्रचण्डले भने,‘छलफल भएर सबैले सहज हुने गरी राजधानी तोकिन्छ।’
आज प्रचण्डले महोत्सवको उद्घाटन गर्दै आफूले महोत्सवको उद्घाटनमा ह्याट्रिक गरेको समेत जनाए । यद्यपी प्रचण्डले प्रदेश ५ को राजधानीबारे दाङ नेपालगञ्ज लगायतका स्थानमा पुगेर ठाँउ अनुकुल भाषाको प्रयोग गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












