डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ ।
उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो ।
लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए । गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।
डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए ।
गत चैत २६ गते काठमाडौं-२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए ।
चन्द्रागिरी नगरपालिका-८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको थियो । चैत २७ गते ढुंगेलको एनसेल नम्बरबाट श्रेष्ठले बोक्ने गरेको नम्बर ९८५११५५१८४ बिहान १०:३७ मा र नेपाल टेलिकमको पोस्पेड नम्बरबाट राति ८:२३ मा एक पटक सम्पर्क भएको देखिन्छ। जतिबेला, महाशाखा श्रेष्ठलगायतको लुटपाट टोलीको खोजीमा जुटिसकेको थियो ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार २८ गते पनि दुई पटक टेलिफोन सम्पर्क भएको देखिन्छ । ढुंगेलले एनसेलबाट २८ गते दिउँसो १२ : ४७ र पोस्पेड नम्बरबाट दिउँसो ३:५ मा फोन सम्पर्क भएको देखिन्छ ।
त्यसपछि वैशाख २ गते पनि सम्पर्क भएको देखिन्छ। वैशाख २ गते डिएसपी ढुंगेलले श्रेष्ठलाई एनसेल नम्बरबाट दिउँसो ०१: ०७ बजे फोन गरेको देखिन्छ ।
‘अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक-पटक टेलिफोन संवाद भएको देखिएको छ,’ सिंहले भने ।
रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्य चन्द्रागिरी-८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् ।
उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ । धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ । उनीहरूविरूद्ध संगठित अपराध र ठकैतीमा मुद्दा चलाइएको छ ।
डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन् । डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो ।
उनी नेपाल प्रहरीमा व्यावसायिक छविका ‘बिरलै’ चिनिने अधिकृत हुन् । उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा उनी मोरङ प्रहरीमा थिए ।
उनी अपराधी पक्राउकै सिलसिलामा घाइते भएका अधिकृत हुन्। दाहिने खुट्टा भाँचिएपछि उनी लामो समय उपचारमा बसे ।
उपचारपछि उनको रामेछापमा सरुवा भएको थियो । रामेछापमा बस्दा उनले ‘वाहवाही’ कमाए। रामेछापमै हुँदा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गौचनका हत्यारा खोज्न खटाएको थियो ।
गौचन हत्याका अभियुक्त खोज्दै रुपन्देही पुग्दा डिएसपी ढुंगेलको टोली र अपराधीबीच मुठभेड भएको थियो। सो मुठभेडमा मनोज पुन र सोम आलेको इन्काउन्टर भएको थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












