१३ औं साग खेलकुदः आज १९ खेल, कुन खेल कहाँ ?
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सागको पाँचौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सागमा बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
कुन खेल कहाँ ?
क्रिकेट :
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू-२३ को सामना गर्ने छ । यस्तै दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ ।
पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंका माथि जित निकाल्नुको बिकल्प छैन । नेपाल पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । यस्तै टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटको हार ब्यहोरेको थियो । खेल बिहान ११ बजे हुनेछ ।
बक्सिङ :
साग अन्तर्गत शुक्रबारबाट बक्सिङ सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका तर्फबाट ४९ केजीमा सुशील थापा मगरले भुटानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, ६० केजीमा सनिल शाहि र ६४ केजीमा भुपेन्द्र थापा मगरले भुटानी खेलाडीसँग खेल्नेछन् । ७५ केजी तर्फ दिपक श्रेष्ठले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
एथ्लेटिक्स :
एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ९ खेलको फाइनल चरणको खेल हुनेछ ।
सुटिङ :
सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन् । बिहान पहिलो चरणमा र्यापिड फायर पेस्तोलका खेल हुनेछ । यस्तै एयर पेस्तोल महिलाको खेलपनि हुनेछ । महिला खेल शुक्रबार फाइनल हुनेछ ।
भारोत्तोलन :
भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ । पुरुषमा ६७ केजी, ७३ केजी र ८१ केजीको प्रतिस्पर्धा हुनेछ भने महिलामा ५९ र ६४ केजीको स्पर्धा हुनेछ ।
टेबल टेनिस :
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ । शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछ । सेमिफाइनलमा नेपालका पुरुषोत्तम बज्राचार्यले भारतका हर्मित देशाईसँग खेल्नेछन् । स्यान्टु श्रेष्ठले अमलराज एन्थोनिसँग प्रतिस्पर्धा गर्नेछन् ।
ह्याण्डबल :
ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ । यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ ।
पौडी :
पौडीको दोस्रो दिन नेपालले विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पहिलो दिन १ स्वर्ण, एक रजत र एक कास्य जितेको छ ।
बास्केटबल :
बास्केटबल शुक्रबार तीन खेल हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।
पुरुषमा बंगलादेश र माल्दिभ्स तथा भारत र भुटानले खेल्नेछ । महिलामा भारत र माल्दिभ्स खेल्ने छन् ।
कब्बडी :
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्ति खेल हुनेछ । जसबाट समूह विजेता र उपविजेता तय हुनेछ ।
महिलातर्फ नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ ।
कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् ।
ब्याडमिन्टन :
पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ शुक्रबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ ।
शुक्रबार ब्याडमिन्टनको सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ । बिहिबार भएको सेमिफाइनलमा पराजित भएपछि नेपालको ब्याडमिन्टनमा स्वर्ण जित्ने सपना समाप्त भएको थियो ।
गल्फ :
गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको तेस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । दुवै खेलाडी स्वर्ण नजिक पुगेका छन् ।
आर्चरी :
आर्चरी खेल शुक्रबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ ।
अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।
आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।
स्क्वास :
शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन् । प्रतियोगिताको छैठौ दिनबाट स्क्वास हुन लागेको हो । सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ । पहिलो दिन राउण्ड र क्वाटरफाइनलका खेल हुनेछन् ।
बीच भलिबल :
बिच भलिबलतर्फ शुक्रबार पनि महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ । बिहिबार नेपालले महिला र पुरुषको चार खेलमा पराजय व्यहोरेको थियो ।
फेन्सिङ :
फेन्सिङको खेलहरु शुक्रबारबाट शरु हुनेछ । पहिलो दिन केहि विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
टेनिस :
टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शुक्रबार पुरुष तथा महिला एकलतर्फको खेलहरु हुनेछ ।
पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टरफाइनलमा पुगेका छन् ।
कुस्ती :
कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ ।
साइक्लिङ :
साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा हुनेछ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











