भारतीय राजदूत पुरीको ३ बर्षे कार्यकाल पुरा, को पठाउला अब दिल्लीले ?
काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीको तीनबर्षे कार्यकाल सकिएको छ ।
पुस १५ गते उनी भारत फर्कनेछन् । पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट समेत गरिसकेका छन् । पुरीको बिदाइमा आज (मंगलबार) भारतीय दुतावासले पनि आज एक कार्यक्रम आयोजना गरेको छ ।
विकास स्वरूप, अखिलेश मिश्रा र गोपाल बगालेलगायतको नाम चर्चामा रहेपनि नयाँदिल्लीले अहिलेसम्म नेपालमा पठाउने नयाँ राजदूतबारे टुङ्गो लगाएको छैन । नाकाबन्दीका कारण खराब भएको सम्बन्ध सुधार्न भन्दै भारतले पुरीलाई नेपालको राजदूत बनाएर पठाएको थियो । तर भारतीय संस्थापनको व्यवहारका कारण पुरीको कार्यकाल पनि विवादमुक्त हुन सकेन ।
भारतबाट भित्रने विषादीयुक्त तरकारीमा नेपालले प्रतिबन्ध लगाउँदा काठमाडौंस्थित भारतीय दूतावासले पत्र नै पठाएर यो काम स्थगित गर्न दबाब दिएका थियो ।
यस्तै, जम्मू–कश्मीरको विशेषाधिकार अन्त्य गरेपछि सार्वजनिक भएको नयाँ नक्सामा नेपालको भूभाग समेत समेटेपछि अहिले देशभर भारतको विरोध भइरहेको छ ।
दुई देशबीचको समन्यायिक सम्बन्धमा अड्चन देखिएका दर्जनौं समस्याहरुलाई थाती नै रहँदा राजदूत पुरीको कार्यकाल सकिएको हो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












