महराको मुद्धा आज पुनरावेदनमा सुनुवाई हुँदै
काठमाडाैं । बलात्कार प्रयास आरोपमा कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराको आज पुनरावेदनमा सुनुवाई हुन लागेको हो ।
उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेको हो।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा काठमाडाैं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यसअघि महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाइ गर्दै मुख्यन्यायाधीश नहकुल सुवेदीको इजलासले कैफियत प्रतिवेदन दिन आदेश गरेका थिए।
कैफियत प्रतिवेदन भनेको अभियुक्तको जाहेरी देखि थुनामा पठाउने आदेशसम्म को विस्तृत विवरण हो। त्यसबाहेक महाराको मुद्दाको मिसिल पनि उक्त इजलासले मगाएको थियो।
पक्राउ परेको एक महिनामा महरालाई जिल्ला अदालत काठमाडौंले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाउने आदेश गरेको थियो।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरी समक्ष लिखित जाहेरी दिएकी थिइन् । भने, उनै शाहीले पुनः महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको भन्दै अदालतमा निवेदन समेत दिएकी छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












