सभामुखबारे छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा
काठमाडौं । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको छैन । नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका एक नेताले बताए ।
अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । उनले पूर्व एमालेले राष्टपति, प्रधानमन्त्री र राष्टियसभा अध्यक्षजस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले यसबारे केही बोलेका छैनन् । तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि सुवास नेम्वालाई सभामुख बनाउने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।
उनीनिकट स्रोतले भन्यो, ‘उहाँसँग अहिले कसलाई सभामुख बनाउने भनेर सल्लाह मागिएको छैन । तर हिजो दलको उपनेता बनाउने बेला माधव नेपालले नै ओली र नेम्वाङबीच मध्यस्थ गर्नुभएको थियो । नेपालकै आग्रहमा नेम्वाङ उपनेता बन्नुभएको हो । अहिले पनि नेम्वाङ सभामुख बनाउने सन्दर्भमा उहाँको विमति होला जस्तो लाग्दैन ।’
नेकपा अध्यक्ष प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाडन् दबाव छ । पूर्वमाओवादीबाट अग्नि सापकोटाको मुख्य दाबेदारी देखिन्छ । ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाललगायत पनि सभामुखका दाबेदार हुन् । सरकारका प्रवक्ता तथा नेकपा नेता गोकुल बास्कोटाले भने अब नेकपामा पूर्व र पश्चिमको विभाजन नरहेको बताए ।
उनले भने, ‘अब नेकपामा कोही पूर्वको छैन । सबै नेकपाका नेता–कार्यकर्ता हुन् । पार्टीले व्यक्तिको योग्यता, क्षमता र आवश्यकता हेरेर कसलाई कुन कामको जिम्मेवारी दिने भन्ने निर्णय गर्छ । हामीमा अब कोही पूर्व छैन । पूर्व एमाले पनि छैन,पूर्व माओवादी पनि होइन ।’
दुई अध्यक्षबीच सभामुखमा सहमति भएपछि सचिवालय बैठक बस्ने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
अर्को साता बस्ने नेकपा केन्द्रीय कमिटीको बैठकको समेत एजेण्डाहरूमा छलफल गर्नुपर्ने प्रचण्डनिकट स्रोतले जनाएको छ । पुस २३ बाट बस्ने बैठकमा स्थायी कमिटीले परिमार्जनसहित पारित गरेको दस्तावेज सम्पादनसहित पेस हुनेछ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











