आज देशैभर मौसममा ठूलै प्रभावः हिमपात र वर्षाको व्यापक सम्भावना
काठमाडाैँ । भारतको कास्मिरबाट केही दिनअघि भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीले आज (बिहीबार) देशैभरको मौसममा ठूलै प्रभाव पार्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण आज मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमसम्म हिमपात हुनेछ भने पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी पूर्वका समेत एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो रहिरहने हुनाले सतर्कता अपनाउन अनुरोध छ।
‘हिमपात पश्चिमदेखि पूर्वसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हुने सम्भावना छ,’ मौसमविद् राजु प्रधानांगले भने, ‘त्यसैगरी वर्षा पनि देशका जुनसुकै स्थानमा हुन सक्ने सम्भावना छ।’
यो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्म रहने उनले जानकारी दिए। आइतबारदेखि मात्र यसको प्रभाव कम हुने उनको अनुमान छ।
मौसमविद् प्रधानांगका अनुसार न्यून चापीय प्रणालीबाट विकसित बादल पूर्वसम्मै फैलिएको भए पनि अहिले यसको प्रभाव विशेषगरी पश्चिमी क्षेत्रमा बढी छ। पश्चिमबाट भित्रिने यो प्रणाली बिस्तारै पूर्व सर्ने क्रममा छ र यो अहिले देशको मध्य क्षेत्रसम्म आइपुगेको छ।
मौसमविद् प्रधानांगका अनुसार यो जति जति पूर्व सर्छ त्यति त्यति यसको क्षमता पनि कमजोर हुँदै जान्छ र यो प्रणाली पूर्वबाट बाहिरिन्छ।
Comments
अरु समाचार
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी
काठमाडौं । सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...












