एमसिसिबारे अमेरिकी दुताबासको स्पष्टिकरणः यो कुनै सैन्य योजनासंग जोडिएको छैन
काठमाडाैँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई लिएर नेपालमा विवाद चुलिइरहेहका बेला अमेरिकाले यसमा कुनै पनि सैन्य संलग्नता नहुने बताएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार नेपालसँग भएको सम्झौताको दस्तावेजसमेत सार्वजनिक गर्दै एमसिसीलाई कुनै पनि सैन्य रणनीतिसँग नजोड्न आग्रह गरेको हो। दूतावासले विभिन्न १० वटा बुँदामा एमसिसीबारे बुझाउने प्रयास गर्दै यो विशुद्ध नेपालको विकाससँग जोडिएको परियोजना भएको स्पष्टीकरण दिएको छ ।
नेपालीले यसलाई चीनलाई घेर्न तयार पारिएको इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडेर ब्याख्या गरिरहेका बेला यस्तो धारणा आएको हो। ‘एमसिसी परियोजना विशुद्धरुपमा आर्थिक विकासमा केन्द्रित छ’, दूतावासले भने, ‘विद्युत् लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ।’
अमेरिकाले यसअघि एमसिसीलाई इन्डो प्यासिफिक रणनीतिकै अंश भनेको थियो। तर यो पटक उसले एमसिसीसँग कुनै सैन्य रणनीति नजोडिएको दाबी गरेको छ। ‘एमसिसी कुनै पनि सैन्य मामिलामा जोडिएको छैन’, दूतावासले भनेको छ, ‘वास्तवामा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।
‘एमसिसी कुनै पनि सैन्य मामिलामा जोडिएको छैन । वास्तवामा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।
एमसिसी कम्प्याक्ट परियोजनाकाबारे अमेरिकाले के भन्यो?
१. नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसिसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको हो।
२. प्रत्येक सरकार, प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसिसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका थिए।
३. एमसिसी परियोजना विशुद्धरुपमा आर्थिक विकासमा केन्द्रित छ। विद्युत्को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ।
४. एमसिसी कुनै पनि सैन्य मामिलामा जोडिएको छैन । वास्तवामा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।
५. एमसिसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन र हस्ताक्षर गर्नुपर्दैन।
६. यो ५० करोड डलरको एक अनुदान हो । जसमा कुनै पनि स्वार्थ छैन। व्याजदर छैन वा लुकेको कुनै प्रावधान छैन। नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेको परियोजनाहरुमा उक्त रकम पारदर्शीरुपमा खर्च गर्न प्रतिवद्ध हुनु मात्रै हो।
७. एमसिसी नेपालमा कुन परियोजनाहरुमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताको आधारमा नेपालीहरुले नै प्रस्ताव र निर्क्योल गरेका हुन्।
८. एमसिसीको प्रावधान अनुसार यी परियोजनाहरुको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउनु आवश्यकता छ।
९. एमसिसी परियोजनाका टेण्डरहरु खुला, पारदर्शी र सबैका लागि उपलब्ध छन्।
१०. एमसिसीले काम गर्ने प्रत्येक मुलुकमा झैँ नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ। यसबाट पारदर्शिता स्थापित हुन्छ। र, नेपाललाई परियोजनाकाबारेमा बुझ्ने अवसर पनि प्राप्त हुन्छ।
एमसीसीमा रहेका प्रावधान यहाँ हेर्नुहोस्
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












