दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।
विदेशी मुद्रा अपचलनमा दीपक भट्टसहित मिलेर वित्तिय अपराध गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्दा तीन जनाले करिब १ अर्ब ८५ करोड रुपैयाँ बराबरको अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको प्रतिवेदन तयार गरेको छ । सोही प्रतिवेदन अभियोजनका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
विभागले नेपालमा गैरकानुनी रूपमा आर्जन गरेको रकम विदेशमा लुकाएको आरोपमा अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो । विभागका अनुसार उक्त सम्पत्ति दुबईमा लुकाइएको आशंका गरिएको छ । अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तीनै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । मुद्दा आज वा भोलिसम्म दर्ता हुने विभागको तयारी रहेको जनाइएको छ ।
यस प्रकरणमा तीन जना प्रतिवादी उनीहरूमाथि विदेशी विनिमय तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिएको हो । यो प्रकरण दीपक भट्टसँग जोडिएको विषयका रूपमा समेत उल्लेख गरिएको छ । भट्टसँग मिलेर ठगी गरेको आरोपसम्बन्धी विषयमा समेत अनुसन्धान भएको जनाइएको छ ।
यसअघि विभिन्न अभियोगमा दिपक भट्टसहित उनीहरु विरुद्ध विशेष अदालत, जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा पनि मुद्धा दर्ता भइसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा गैरकानुनी रूपमा आर्जन गरी विदेशमा लुकाइएको सम्पत्तिको खोजी तथा पहिचान गर्दै त्यससम्बन्धी कानुनी कारबाही अघि बढाएको जनाएको छ ।
Comments
अरु समाचार
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...













