नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामनरेश पासवानविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ ।
यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
यसैगरी आयोगले हिजै सवडिभिजन कार्यालय सैनामैना रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । घर निर्माणका लागि काठ उपलब्ध गराउन ‘भेरिफिकेसन’ गराएवापत सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











