पूर्व सचिव पत्नीको हत्याप्रयास, कामदारद्वारा झुण्डिएर आत्महत्या
आत्महत्या हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान
काठमाडौँ ।पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास भएको छ। सचिव कार्कीकै घरमा काम गर्दै आएका विशाल चौधरीले हत्याप्रयास गरेका हुन्।
सचिव कार्कीकी पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
‘टाउकोबाट अत्यधिक रगत बगेर चिन्ताजनक अवस्थामा मुना कार्कीलाई उनकै घरको किचेनमा लडेको भेट्टायौँ’, तामाङले थाहाखबरसँग भने, ‘उनीमाथि आक्रमणमा संलग्न कामदार विशाल चौधरीले घरमै झुण्डिएर आत्महत्या गरेछन्। उनको शव कार्कीकै घरभित्रको कोठामा भेटिएको छ।’
घाइते मुनालाई तत्कालै उपचारका लागि स्टार हस्पिटलमा पठाइएको छ। उनको गम्भीर अवस्थामा अहिले उपचार भइरहेको छ।
डिएसपी तामाङका अनुसार चौधरीले कार्कीमाथि आक्रमण गर्नुको कारण खुलिसकेको छैन। ‘झुण्डिएका चौधरीको हातभरी रगत लतपतिएको भेटिएको छ’, तामाङले भने, ‘कार्कीमाथि आक्रमण गर्न प्रयोग गरिएका प्लाष्टिकको कुर्सीको टुक्रा पनि किचेनभरी छरिएको पायौँ।’
प्रहरीले यस आक्रमणबारे अनुसन्धान तीव्र पारिएको जनाएको छ। ‘प्रारम्भिक अनुसन्धानमा विशालकै संलग्नता देखियो’, तामाङले भने, ‘थप अनुसन्धान भइरहेकाले यसको कारण र पृष्ठभूमिको खोजी गरिरहेका छौँ।’
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












