पार्टी एकताको मर्म र भाबना बिपरित धावा बोल्ने कसैलाई छुट छैनः विद्यार्थी नेता श्रेष्ठ
पार्टी एकताको मर्म र भाबना बिपरित धावा बोल्नु, कम्युनिष्ट आन्दोलनप्रतिको गद्दारी होः सुमन श्रेष्ठ
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठले राजनैतिक इतिहासलाइ नजरअन्दाज गर्नु र गराउनु पार्टी एकताको मर्म र भाबना बिपरित भएको बताएका छन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका सुर्य थापाले तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व जनयुद्व नभएको र त्यो आफैं विसर्जन भएको बताएपछि थापाकै गृहजिल्लाका युवा तथा विद्यार्थि नेता श्रेष्टले पार्टी एकताको मर्म र भाबना बिपरित धावा बोल्ने कसैलाइ छुट नरहेको बताएका हुन ।
तत्कालिन अनेरास्ववियु(क्रान्तिकारी) प्रदेश ५ का सहईञ्चार्जसमेत रहेका नेता श्रेष्टले सामाजिक सञ्जालमार्फत हामी अहिले बिशाल कम्युनिस्ट पार्टी एकताका प्रक्रियामा छौ।
हामी एकताको यस संगीन मोडमा हुदै गर्दा हामी बिचका फरक फरक राजनैतिक पृष्ठभुमि र राजनैतिक बलिदानीपुर्ण संघर्ष रहेका छन। यसर्थ कसैले कसैका राजनैतिक इतिहासलाइ नजरअन्दाज गर्नु र गराउनु पार्टी एकताको मर्म र भाबना बिपरित हुन्छ अझ त्यसमा पनि प्युठानि कम्युनिस्ट नेताहरुले त्यस प्रकारका गतिबिधी गर्नु वा मिडियाबाजी गर्नुले माटाेप्रतिको गद्दारी हुने बताए।
नेता श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो लेखेका छनः
नेपालको कम्युनिस्ट आन्दोलनलाइ हेर्दा प्युठान जिल्ला र प्युठानि कम्युनिस्ट नेताहरुको भुमिका महत्त्वपूर्ण देखिन्छ। खास गरि कम्युनिस्ट आन्दोलन भित्रको बैचारिक, दार्शनिक र साङ्गठनिक स्वरुलाइ हेर्दा प्युठानको ( जमिन ) माटाेमा जन्मिएका र प्युठानलाइ राजनैतिक कर्मथलो बनाएका कम्युनिस्ट नेताहरु नेपालको राजनितिमा इमान्दार, कर्तव्यनिष्ठ, बर्गियमुक्तिका अभियन्ता र कम्युनिस्ट आन्दोलनलाइ सुजबुझका साथ अगाडि बढाएको देखिन्छ।
नेपालमा कम्युनिस्ट पार्टीको टुट, फुट र बिभाजन पछि निकै नै ठुलो बलिदानीपुर्ण इतिहास हाम्रा सामु छर्लङ्ग देखा परेका छन। १० बर्से महान जनयुद्ध र झापा बिद्रोह कम्युनिस्ट पार्टी र नेपाली जनताका निम्ती रास्ट्रिय स्वाधीनता र स्वतन्त्रता पछिको उपलब्धीका रुपमा हामिले अहिलको ब्यबस्थालाइ पाएका छौ भने नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )ले लिएको ” जनताको जनबाद” लाइ तत्कालीन नेकपा माओवादी ( केन्द्र ) र तत्कालीन नेकपा एमालेले लिएको २१ औ शताब्दीको जनबाद र जनताको बहुदलिय जनबाद मार्फत बनाइएको पार्टीको कार्यदिशाका रुपमा हामिले लिएका छौ।
हामी अहिले बिशाल कम्युनिस्ट पार्टी एकताका प्रक्रियामा छौ। हामी एकताको यस संगीन मोडमा हुदै गर्दा हामी बिचका फरक फरक राजनैतिक पृष्ठभुमि र राजनैतिक बलिदानीपुर्ण संघर्ष रहेका छन। यसर्थ कसैले कसैका राजनैतिक इतिहासलाइ नजरअन्दाज गर्नु र गराउनु पार्टी एकताको मर्म र भाबना बिपरित हुन्छ अझ त्यसमा पनि प्युठानि कम्युनिस्ट नेताहरुले त्यस प्रकारका गतिबिधी गर्नु वा मिडियाबाजी गर्नुले माटाेप्रतिको गद्दारी हुन जान्छ।
त्यसकारण पार्टी एकताको संगीन मोडमा हुदै गर्दा पार्टी एकतालाइ र नेपाली जनताको भाबनामा ठेस लाग्ने खालका गतिविधिमा नलागी पार्टीको मुलधारमा उभिइ रास्ट्रिय स्वाधिनताको रक्षा गर्दै, सुखि नेपाली सम्दृद्द नेपालको अभियानमा लाग्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतृत्वलाइ सुझाब पेस गर्दछु।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












