डाक्टर भन्छन्: १४ दिन क्वारेन्टाइनले पुग्दैन, काेराेनाका लक्षण ४० दिनपछि पनि देखिन सक्छन्
काठमाडाैं । चीनको उहानमा देखापरेको कोरोना भाइरसबारे नेपालमा चालिएको सुरक्षाका कदम न्यूनतम पनि छैन।
चीनमा दैनिक सय जना हाराहारीमा मानिसको ज्यान लिइरहेको कोरोना भाइरस नेपाल पनि छिर्यो भने यसबाट उत्पन्न हुने परिणाम भयावह हुनेछ। अतः नेपालले जिम्मेवारीपूर्वक रोग लाग्नुभन्दा रोग लाग्नै नदिने कदम चाल्नु आवश्यक छ।
विश्व स्वास्थ्य संगठन र चीन आफैंले परीक्षणबाट बताएबमोजिम यो भाइरसको उत्पत्ति २ दिनदेखि १४ दिनभित्रमा हुने भनेको थियो।
चीनले पनि सोहीबमोजिम एक महिनाजति हेर्यो तर उहानमा एक व्यक्तिमा २७ दिनपछि पनि संक्रमण देखिएपछि भने कोरोना देखापर्ने अवधिलाई लम्ब्याइयो।
जापानमा डाइमन्ड क्रुजबाट लगिएका व्यक्तिको अवस्थामा १४ दिनको क्वारेन्टाइनमा नेगेटिभ देखिएको थियो। तर ३० दिनपछि पुनः भाइरस देखापर्यो। अतः विशेषज्ञले भाइरस देखापर्ने समय बढाएका छन्।
चीनको फुच्यान मेडिकल युनिभर्सिटी युनियन हस्पिटलका डा. दिलजान मन्सुरले आजको कान्तिपुरमा भनेका छन्, ‘कोरोनाको अवधि व्यक्तिको रोग प्रतिरोधी क्षमताअनुसार फरकफरक हुन्छ।’
रोग प्रतिरोधी क्षमता नभएका, छातीसम्बन्धी कुनै रोग भएका, क्यान्सर वा एचआईभी भएका व्यक्तिमा भने ३० दिन नपुग्दै कोरोनाको लक्षण देखापर्न सक्छ।
रोग प्रतिरोधी क्षमता भएका र दीर्घ रोग नभएका मानिसले लामो समय रोग दबाएर राखे ३० देखि ४० दिनको बीचमा पनि संक्रमण देखापर्न सक्छ। तसर्थ १४ दिनमै ढुक्क हुन सकिँदैन।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












