कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै
एजेन्सि । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ ।
हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ । मृत्यु हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।
स्पेन चीनभन्दा पनि अघि पुगेको छ, जहाँ यो महामारीको उत्पत्ति भएको थियो । चीनमा कोभिड-१९ का कारण तीन हजार २८७ जनाको मृत्यु भएको छ । तर अर्को युरोपेली मुलुक इटालीमा मृत्यु हुनेको संख्या सबभन्दा बढी छ । जहाँ ६ हजार ८२० जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन् । जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो ।
हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। कोरोनाका कारण म्याड्रिडमा मात्र १८२५ जनाले ज्यान गुमाइसकेका छन्। त्यो जम्मा मृत्यु हुने संख्याको ५३ प्रतिशत हो ।
म्याड्रिडमा १४५९७ जनालाई कोरोनाको संक्रमण देखिएको छ। नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ।
राजधानी म्याड्रिडपछि बढी प्रभावित क्षेत्र कातालोनिया हो । तीनदेखि चार हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको सो क्षेत्रमा पनि कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो देखिन्छ।
पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा नौ हजार ९३७ जना संक्रमित भेटिएका छन्। कोभिड-१९ को कारण यहाँ हालसम्म ५१६ जनाको मृत्यु भएको छ ।
नेपालीहरुको बसोबास रहेको पाइसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा तीन हजार २७१ जना संक्रमित भेटिएका छन् भने १५५ जनाको मृत्यु भएको छ।
नेपाली दूतावास म्याड्रिडका अनुसार हालसम्म कुनै पनि नेपालीलाई कोभिड-१९ को संक्रमण भेटिएको छैन। स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेको नेपाली समाजका अगुवाहरुले बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











