अमेरिका बन्यो कोरोना महामारीको नयाँ केन्द्र, चीन र इटलीमा भन्दा बढी संक्रमित
एजेन्सि । कोरोना (कोभिड १९) भाइरस संक्रमण अमेरिकामा व्यापक फैलिएको छ। त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन्।
हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन्। तर अमेरिकामा ८५,२८०४ जनामा कोरोना संक्रमण भइसकेको छ। जुन चीन र इटलीको भन्दा धेरै हो। अहिलेसम्म कोरोना संक्रमणका कारण अमेरिकामा १,१०० मानिसको ज्यान गइसकेको छ। जोप हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांक विश्लेषण गर्दा चीन र इटलीपछि अब अमेरिकामा कोरोना संक्रमणले ब्यापक मानवीय हताहती निम्त्याउने पक्कापक्की जस्तै देखिएको छ।
न्यूयोर्कका अस्पतालहरुमा क्षमताभन्दा बढी बिरामीहरु राखिएको छ। त्यहाँका गभर्नर एन्ड्रयु क्योमोले यसअघि अमेरिकामा द्रुततगतिको रेल जसरी कोरोना संक्रमणको दर बढीरहेको बताएका थिए।
परीक्षण गरेकाले संक्रमण फैलियो : ट्रम्प
कोरोना संक्रमण र मानवीय हताहति बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ कोरोना फैलनुको मूख्य कारण यस्ता मानिसहरूको परीक्षण गर्नु रहेको तर्क गरेका छन्।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने,’हामीले धेरैको स्वास्थ्य परीक्षण गर्यौं, अहिले संक्रमितहरूको संख्या बढ्नु त्यसैको नतिजा हो।’ अमेरिकामा चीनको भन्दा निकै कम संक्रमित रहेको दाबी गर्दै ट्रम्पले बेइजिङले संक्रमित र ज्यान गुमाउनेहरूको एकीन संख्या लुकाएको आरोप समेत लगाउन भ्याए।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











