यो बेला छोराछोरीलाई अरु बच्चासँग खेल्न दिने कि नदिने ?
बीबीसी । विश्वका अधिकांश देशहरुमा कोरोना माहामारीका कारण स्कुल र कलेज बन्द भइरहेका बेला अभिभावकहरुमा अर्को ठूलो चुनौती पनि थपिएको छ ।
यसरी सबैमा अहिले बच्चाहरुलाई के गर्न दिने के गर्न नदिने भन्ने ठूलो द्विविधा चलिरहेको छ ।
छोराछोरीलाई तिनका साथीसँग बाहिर खेल्न जान दिने कि सामाजिक दुरीकरण अन्तर्गत तिनको खेल्ने समय कटौती गर्नुपर्ने भन्नेमा धेरै अभिभावक सोचमा परिरहेका छन् ।
जस्तै क्याथरिन विल्सनले यदि विगतमा फर्किन पाउने हो भने आफू छिमेकीको घरमा कहिल्यै खान नजाने बताउँछिन् ।
दुईहप्ता अगाडि कोभिड–१९ इटलीभरि फैलिरहँदा समेत सरकारले मान्छेहरुलाई घर भित्र बस्न अनिवार्य गरिसकेको थिएन ।
यस्तोमा रोममा बस्ने दुई किशोर छोराछोरीकी आमा, क्याथरिनले छिमेकबाट सानो डिनर पार्टीको निमन्त्रणा पाइन् ।
बीबीसीसँगको कुराकानीमा उनले भनेकी छन्, “म र मेरा पति, हामी दुवैले एउटा सानो अपार्टमेन्टमा हुने डिनर कति ठूलो पार्टी होला र, भन्ने सोचेका थियौँ ।”
क्याथरिन इटलीका नागरिकसँग विवाह गरेकी एक अमेरिकी हुन् जसका अनुसार उनीलगायत समुदायका सबै आमाहरुले स्कुल बन्द हुनुलाई बिदा लम्ब्याइएको रुपमा मात्र लिइरहेका थिए ।
उनी भन्छिन्, “त्यसबेला हामी, ओेहो यो त हाम्रो लागि भिन्दै किसिमको छुट्टी भयो भनेर खुसी भइरहेका थियौँ । कहिल्यै जान नपाएका ठाउँहरु सँगै घुम्न जाने योजना बनाइरहेका थियौँ ।”
तर अहिले कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी प्रभावित देश बनेको इटलीको अवस्था देखेर उनलाई आफ्ना परिवारका गतिविधि सीमित नगराएकामा पछुतो छ ।
नाइँ भन्न पनि असहज हुने हुँदा सरकारले पूर्ण रुपमा लकडाउन गराएपछि मात्र ढुक्क भएर बस्न सकेको उनले बताइन् । बच्चाहरुको जिद्दी र साथीहरुको निम्ता अस्वीकार गर्नु उनका लागि विशेष रुपमा चुनौतिमय रहेको उनले बताइन् ।
र यसमा धेरैले महामारीलाई हल्का रुपमा लिइरहेकाले पनि समस्या भएको उनको भनाइ छ ।
यसरी विश्वव्यापी रुपमै अभिभावकहरु क्याथरिन जस्तै समस्यामा छन् ।
एकातर्फ सरकारले मान्छेहरुलाई घरभित्रै बसिरहन भनेको छ तर छोराछोरीको टेनिस खेल्नु हुन्छ कि हुँदैन, साथीको घरमा खेल्न जाऔँ ?, वा प्लेग्राउन्डमा अरुसँग खेलुम् ? भन्ने जस्ता प्रश्नहरुको जवाफ दिन अभिभावकहरुलाई कठिन भइरहेको छ ।
यसबारे ‘जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थ बाल्टिमोर’ की महामारी सम्बन्धी प्रोफेसर डाक्टर केरी एल्थोफका अनुसार सामाजिक दुरीकरण बालबालिका देखि वयश्क सबैमा लागु हुनपर्छ । सबैले प्रत्येक क्षण कम्तीमा पनि ६ फिटको दुरी बनाइराख्नुपर्ने उनले बताए ।
यसको अर्थ भलिबल बास्केटबल, फुटबल जस्तो खेल खेल्न मिल्दैन । कम सम्पर्कमा आउने खेल जस्तै लुकामारी वा टेनिस चाहिँ बच्चाहरुले सँगै खेल्न सक्नेछन् ।
यसमा बालबालिकालाई केही नगरि बस्न भन्नु पनि अनुपयुक्त हुने बालविशेषज्ञहरुले बताएका छन् । उता मैदानमा भने कसैले कसैसँग दुरी राख्न नसक्ने हुँदा त्यसबारे नसोचेकै राम्रो हुने उनले बताइन् ।
भाइरस केही दिनसम्म सतहमा जिवित रहन सक्ने हुनाले पनि खेल सामग्री धेरै भएको ठाउँमा बच्चाहरुलाई पठाउनु राम्रो हुनेछैन ।
बालबालिकाहरुमा कोभिड–१९ भाइरसको लक्षण अत्यन्तै कम र धेरै अवस्थामा नदेखिने पनि हुन्छ तर पनि उनीहरुले अरुलाई सार्न सक्ने खतरा हुन्छ ।
त्यसैले छोराछोरी र उनीहरुका साथी बाहिरबाट स्वस्थ देखिएपनि तिनीहरुले भाइरस बोकिरहेका हुन सक्छन् । त्यस्तै यो समयमा अभिभावकले आफूलाई सुरक्षित राख्न पनि उत्तिकै महत्वपूर्ण छ ।
हामीले अहिले के गर्छौँ भन्ने कुराले नै दुई तीन हप्ता पछिको समयलाई निर्धारित गरिरहेको हुन्छ जसकारण सावधानी अपनाउनु नै उपयुक्त निर्णय हुनेछ । यसबीच अभिभावकहरुले सोच विचार गरेर आगामी दिनहरुमा बालबालिकाको गतिविधि अझ सिमित गराउँदै लैजानुपर्ने हुन सक्छ ।
अचानक संकट आइपर्दा सबै परिवारलाई कठिन हुन्छ तरपनि परिवारका सदस्यबीच राम्रो अन्तरक्रिया जारी राखेर साथी र आफन्तहरुसँग पनि नियमित सम्पर्कमा रहिरहनुले एक्लोपनाबाट टाढा राख्न सक्छ ।
यो समयमा बालबालिकाहरुलाई व्यस्त राख्न तिनलाई कल्पना, रचना सबम्बधी क्रियाकलापमा अल्झाउन पनि सकिन्छ ।
जस्तै धेरै बालबालिकाहरु गुडिया, गाडी लगायत खेलौनासँग काल्पिनिक खेलमा एक्लै रमाइरहेका हुन्छन् जसलाई बढावा दिनुपर्छ ।
क्यानडाकी बाल विज्ञ एन्जेला पाइलले आफ्नी सात वर्षीया छोरीलाई मनोरञ्जन दिलाउन घर भित्रै विभिन्न खेल खेलाउने, बेलाबेलामा बाहिर निस्किएर छिमेका एकछिन हिँडडुल गराउने गरेकी छन् ।
त्यस्तै उनले छोरीलाई भीडभाडबाट टाढा राख्न पार्कमा नभएर घर बाहिर नै केहिबेर साइकल खेल्न पनि दिन्छिन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











