यो बेला छोराछोरीलाई अरु बच्चासँग खेल्न दिने कि नदिने ?
बीबीसी । विश्वका अधिकांश देशहरुमा कोरोना माहामारीका कारण स्कुल र कलेज बन्द भइरहेका बेला अभिभावकहरुमा अर्को ठूलो चुनौती पनि थपिएको छ ।
यसरी सबैमा अहिले बच्चाहरुलाई के गर्न दिने के गर्न नदिने भन्ने ठूलो द्विविधा चलिरहेको छ ।
छोराछोरीलाई तिनका साथीसँग बाहिर खेल्न जान दिने कि सामाजिक दुरीकरण अन्तर्गत तिनको खेल्ने समय कटौती गर्नुपर्ने भन्नेमा धेरै अभिभावक सोचमा परिरहेका छन् ।
जस्तै क्याथरिन विल्सनले यदि विगतमा फर्किन पाउने हो भने आफू छिमेकीको घरमा कहिल्यै खान नजाने बताउँछिन् ।
दुईहप्ता अगाडि कोभिड–१९ इटलीभरि फैलिरहँदा समेत सरकारले मान्छेहरुलाई घर भित्र बस्न अनिवार्य गरिसकेको थिएन ।
यस्तोमा रोममा बस्ने दुई किशोर छोराछोरीकी आमा, क्याथरिनले छिमेकबाट सानो डिनर पार्टीको निमन्त्रणा पाइन् ।
बीबीसीसँगको कुराकानीमा उनले भनेकी छन्, “म र मेरा पति, हामी दुवैले एउटा सानो अपार्टमेन्टमा हुने डिनर कति ठूलो पार्टी होला र, भन्ने सोचेका थियौँ ।”
क्याथरिन इटलीका नागरिकसँग विवाह गरेकी एक अमेरिकी हुन् जसका अनुसार उनीलगायत समुदायका सबै आमाहरुले स्कुल बन्द हुनुलाई बिदा लम्ब्याइएको रुपमा मात्र लिइरहेका थिए ।
उनी भन्छिन्, “त्यसबेला हामी, ओेहो यो त हाम्रो लागि भिन्दै किसिमको छुट्टी भयो भनेर खुसी भइरहेका थियौँ । कहिल्यै जान नपाएका ठाउँहरु सँगै घुम्न जाने योजना बनाइरहेका थियौँ ।”
तर अहिले कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी प्रभावित देश बनेको इटलीको अवस्था देखेर उनलाई आफ्ना परिवारका गतिविधि सीमित नगराएकामा पछुतो छ ।
नाइँ भन्न पनि असहज हुने हुँदा सरकारले पूर्ण रुपमा लकडाउन गराएपछि मात्र ढुक्क भएर बस्न सकेको उनले बताइन् । बच्चाहरुको जिद्दी र साथीहरुको निम्ता अस्वीकार गर्नु उनका लागि विशेष रुपमा चुनौतिमय रहेको उनले बताइन् ।
र यसमा धेरैले महामारीलाई हल्का रुपमा लिइरहेकाले पनि समस्या भएको उनको भनाइ छ ।
यसरी विश्वव्यापी रुपमै अभिभावकहरु क्याथरिन जस्तै समस्यामा छन् ।
एकातर्फ सरकारले मान्छेहरुलाई घरभित्रै बसिरहन भनेको छ तर छोराछोरीको टेनिस खेल्नु हुन्छ कि हुँदैन, साथीको घरमा खेल्न जाऔँ ?, वा प्लेग्राउन्डमा अरुसँग खेलुम् ? भन्ने जस्ता प्रश्नहरुको जवाफ दिन अभिभावकहरुलाई कठिन भइरहेको छ ।
यसबारे ‘जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थ बाल्टिमोर’ की महामारी सम्बन्धी प्रोफेसर डाक्टर केरी एल्थोफका अनुसार सामाजिक दुरीकरण बालबालिका देखि वयश्क सबैमा लागु हुनपर्छ । सबैले प्रत्येक क्षण कम्तीमा पनि ६ फिटको दुरी बनाइराख्नुपर्ने उनले बताए ।
यसको अर्थ भलिबल बास्केटबल, फुटबल जस्तो खेल खेल्न मिल्दैन । कम सम्पर्कमा आउने खेल जस्तै लुकामारी वा टेनिस चाहिँ बच्चाहरुले सँगै खेल्न सक्नेछन् ।
यसमा बालबालिकालाई केही नगरि बस्न भन्नु पनि अनुपयुक्त हुने बालविशेषज्ञहरुले बताएका छन् । उता मैदानमा भने कसैले कसैसँग दुरी राख्न नसक्ने हुँदा त्यसबारे नसोचेकै राम्रो हुने उनले बताइन् ।
भाइरस केही दिनसम्म सतहमा जिवित रहन सक्ने हुनाले पनि खेल सामग्री धेरै भएको ठाउँमा बच्चाहरुलाई पठाउनु राम्रो हुनेछैन ।
बालबालिकाहरुमा कोभिड–१९ भाइरसको लक्षण अत्यन्तै कम र धेरै अवस्थामा नदेखिने पनि हुन्छ तर पनि उनीहरुले अरुलाई सार्न सक्ने खतरा हुन्छ ।
त्यसैले छोराछोरी र उनीहरुका साथी बाहिरबाट स्वस्थ देखिएपनि तिनीहरुले भाइरस बोकिरहेका हुन सक्छन् । त्यस्तै यो समयमा अभिभावकले आफूलाई सुरक्षित राख्न पनि उत्तिकै महत्वपूर्ण छ ।
हामीले अहिले के गर्छौँ भन्ने कुराले नै दुई तीन हप्ता पछिको समयलाई निर्धारित गरिरहेको हुन्छ जसकारण सावधानी अपनाउनु नै उपयुक्त निर्णय हुनेछ । यसबीच अभिभावकहरुले सोच विचार गरेर आगामी दिनहरुमा बालबालिकाको गतिविधि अझ सिमित गराउँदै लैजानुपर्ने हुन सक्छ ।
अचानक संकट आइपर्दा सबै परिवारलाई कठिन हुन्छ तरपनि परिवारका सदस्यबीच राम्रो अन्तरक्रिया जारी राखेर साथी र आफन्तहरुसँग पनि नियमित सम्पर्कमा रहिरहनुले एक्लोपनाबाट टाढा राख्न सक्छ ।
यो समयमा बालबालिकाहरुलाई व्यस्त राख्न तिनलाई कल्पना, रचना सबम्बधी क्रियाकलापमा अल्झाउन पनि सकिन्छ ।
जस्तै धेरै बालबालिकाहरु गुडिया, गाडी लगायत खेलौनासँग काल्पिनिक खेलमा एक्लै रमाइरहेका हुन्छन् जसलाई बढावा दिनुपर्छ ।
क्यानडाकी बाल विज्ञ एन्जेला पाइलले आफ्नी सात वर्षीया छोरीलाई मनोरञ्जन दिलाउन घर भित्रै विभिन्न खेल खेलाउने, बेलाबेलामा बाहिर निस्किएर छिमेका एकछिन हिँडडुल गराउने गरेकी छन् ।
त्यस्तै उनले छोरीलाई भीडभाडबाट टाढा राख्न पार्कमा नभएर घर बाहिर नै केहिबेर साइकल खेल्न पनि दिन्छिन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












