कोरोनाले कसरी संक्रमित बनाउँछ ? यसबाट बच्ने उपाय के हुन् ?
एजेन्सी । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण विश्वका १९९ देशमा फैलिइसकेको छ ।
कोरोना संक्रमणबाट विश्वभरका ५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई कोभिड-१९ को संज्ञा दिएको भएपनि बुझिने भाषामा कोरोना भाइरस भन्ने गरिन्छ ।
कोरोना भाइरस लिपिड इन्भेलोप (एसिडसहितको पत्र)भित्र आरएनए (जैविक क्रियाका लागि आवश्यक तत्व) र प्रोटिनका कणहरु मिलेर बनेको हुन्छ । यो भाइरस कताबाट सुरु भयो भन्ने यकिन हुन सकेको छैन । तर, यो भाइरस मुख्य रुपमा मानिसहरुले हाँछ्यु गर्दा निस्किने छिटाहरुबाट सर्ने गर्छ । एकबाट अर्को व्यक्तिमा सरेको यो भाइरस नाक अथवा मुखको बाटो हुँदै फोक्सो तथा आन्द्रसम्म पुग्छ । हाम्रो शरीमा प्रवेश गरेको केही समयमै विकसित हुन थाल्छ ।
भाइरसले फोक्सोमा रहेका इपीथेलियल कोषहरुमा आक्रमण गर्न सुरु गर्छ । त्यसपछि भाइरसले कोषहरुलाई मार्दै आफ्नो संख्यामा वृद्धि गर्न थाल्छ । कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेको १० दिनभित्रै संक्रमित कोषहरुको संख्या बढ्दै जान्छ भने लाखौं भाइरसहरु हाम्रो शरीमा विकास भइसकेका हुन्छन् । जसले हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर बनाउछन् ।
हाम्रो रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउन न्युट्रोफाइल्स (संक्रमणबाट बचाउने सेता रक्तकोषको प्रकार) मा संक्रमण गराउनुका साथै इन्जाइम उत्पादनमासमेत बाधा पुर्याउछन् । यस्तै एक संक्रमित कोषले अर्को स्वास्थ कोषलाई पनि संक्रमित बनाउछ । जब भाइरसले सम्पूर्ण कोषलाई मारेर रोग प्रतिरोधी क्षमता शून्य बनाउँछन्, त्यसपछि यसको लक्षण देखिन सुरु हुन्छ । जस्तो ज्वरो आउने, सुख्खा खोकी लाग्ने हुन्छ ।
कतिपय अवस्थामा त मानिसहरु धेरै लामो समयसम्म पनि संक्रमित भएकोसमेत पत्ता लाग्दैन । विशेष गरी ६० वर्षभन्दा बढी उमेर भएका र पहिलेदेखि कुनै स्वास्थ्य समस्यासँग लडिरहेकाहरुलाई यसको संक्रमण बढी घातक हुन्छ । कोरोना भाइरसको फोक्सोका सुरक्षापत्रहरुलाई नष्ट गर्दछ । यसँगै एल्भियोलाई (अक्सिन ग्रहण गर्नै थैली) मा पनि क्षति गराउँछ । जब हाम्रो फोक्सो पूर्ण रुपमा खराब बनाएपछि ब्याक्टेरियाले आक्रमण गर्न थाल्छन् । जसका कारण निमोनियाको संक्रमण हुन्छ । श्वासप्रश्वासमा समस्या हुन्छ र मानिसहरुलाई श्वास फेर्नका लागि भेन्टिलेटरको आवश्यकता पर्छ । चार सातामा हाम्रो रोग प्रतिरोधी प्रणाली पूर्ण नष्ट हुन्छ र ब्याक्टेरियाले पूर्ण आक्रमण गर्छन् । जसले सम्भावित मृत्युतर्फ डोर्याउँछ ।
कोरोना भाइरसलाई अन्य फ्लुसँग पनि तुलना गरिन्छ । वास्तवमा कोरोना फ्लुभन्दा कयौं गुणा घातक हुन्छ । फ्लुको असर विस्तारै पर्छ र चाँडै निको हुन्छ भने कोरोना हाम्रो शरीरमा प्रवेश गरेसँगै तिव्र विकास हुन्छन् । कोरोना संक्रमण निकै तीव्र र विस्तारै गरी दुई किसिमले फैलिइन्छ । यो हामीले कति सजगता अपनाएका छौं भन्नेमा भरपर्छ । तीव्ररुपमा फैलिएको कोरोना नियन्त्रणका लागि कुनै पनि किसिमको सावधानीले रोक्नसक्ने अवस्था रहँदैन । यसका लागि उपचार प्रणाली बलियो हुन आवश्यक छ ।
धेरै मानिसहरु एकै पटक संक्रमित हुन्छन् । सम्पूर्ण स्वास्थ्य प्रणाली नै संक्रमण रोक्न कम हुनसक्छ । जस्तो सुरुआतमा चीनमा र पछिल्लो सयम इटाली, स्पेन र अमेरिकामा तीव्र संक्रमण फैलिइरहेको छ । यस्तो अवस्थामा कति मानिसहरु उपचार नै नपाएर ज्यान गुमाउन पुग्छन् । यस्तो हुँदा मृत्युदर निकै बढ्छ ।
यस्तो किसिमको तीव्र संक्रमण रोक्न लागि संक्रमणको फैलावटमा वृद्धि हुनुअघि नै सावधानी अपनाउन जरुरी हुन्छ । जसले संक्रमण विस्तारै फैलिने र महामारीको रुप लिनुअघि नै उपचारबाट नियन्त्रणमा ल्याउन सकिन्छ ।
हालसम्म कोरोनाविरुद्धको कुनै भ्याक्सिन बनिसकेको छैन । त्यसकारण सोसल भ्याक्सिनको रुपमाा हाम्रो व्यवहारमा सुधार ल्याउने र उच्च सावधानी अपनाउनु जरुरी छ । जुन, पहिलो संक्रमणबाट बच्ने र अर्को भनेको अरुलाई संक्रमण नफैलाउने । यसको उत्कृष्ट बच्ने उपाय भनको साबुनपानी हात धुने हो । कोरोना भाइरसबाट बच्ने बलियो हतियार भनेको साबुन हो । साबुनले कोरोना भाइरसको बाहिरी लिपिड इन्भेलोपलाई नष्ट गरेर संक्रमणरहित बनाउछ । त्यसैगरी हातमा विभिन्न स्यानिटाइजरलगायतका लोसनहरु लगाउनुपर्छ । जसले संक्रमण निम्त्याउने कोरोना भाइरसलाई नष्ट गर्न सक्छन् ।
त्यसैगरी अर्को भनेको सामाजिक दूरी कायम गर्ने हो । सामाजिक दूरी बढाउने कुरा सुन्दा नराम्रो लागे पनि संक्रमणबाट बच्ने महत्वपूर्ण उपाय हो । अर्को घरभित्रै बस्ने । तर, घरबाहिर निस्किनै पर्ने र संक्रमितसँग रहनुपर्ने बाध्यता भएका चिकित्सकहरुलगायतले मास्क, स्यानीटाइजर, पञ्जा र विशेष संक्रमणबाट बच्ने पोसाक लगाउनुपर्दछ ।
अर्को भनेको क्वारेन्टाइन हो । यसबेला क्वारेन्टाइनमा रहेकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई सम्मान गर्ने र अवलम्बन गर्नुपर्छ । जति हामीले हाम्रो व्यवहारमा सुधार गर्न सक्छौं, त्यति नै चाँडो कोरोना भाइरसको संक्रमणबाट छुटकारा पाउन सक्छौं ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












