कोरोनाले कसरी संक्रमित बनाउँछ ? यसबाट बच्ने उपाय के हुन् ?
एजेन्सी । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण विश्वका १९९ देशमा फैलिइसकेको छ ।
कोरोना संक्रमणबाट विश्वभरका ५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई कोभिड-१९ को संज्ञा दिएको भएपनि बुझिने भाषामा कोरोना भाइरस भन्ने गरिन्छ ।
कोरोना भाइरस लिपिड इन्भेलोप (एसिडसहितको पत्र)भित्र आरएनए (जैविक क्रियाका लागि आवश्यक तत्व) र प्रोटिनका कणहरु मिलेर बनेको हुन्छ । यो भाइरस कताबाट सुरु भयो भन्ने यकिन हुन सकेको छैन । तर, यो भाइरस मुख्य रुपमा मानिसहरुले हाँछ्यु गर्दा निस्किने छिटाहरुबाट सर्ने गर्छ । एकबाट अर्को व्यक्तिमा सरेको यो भाइरस नाक अथवा मुखको बाटो हुँदै फोक्सो तथा आन्द्रसम्म पुग्छ । हाम्रो शरीमा प्रवेश गरेको केही समयमै विकसित हुन थाल्छ ।
भाइरसले फोक्सोमा रहेका इपीथेलियल कोषहरुमा आक्रमण गर्न सुरु गर्छ । त्यसपछि भाइरसले कोषहरुलाई मार्दै आफ्नो संख्यामा वृद्धि गर्न थाल्छ । कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेको १० दिनभित्रै संक्रमित कोषहरुको संख्या बढ्दै जान्छ भने लाखौं भाइरसहरु हाम्रो शरीमा विकास भइसकेका हुन्छन् । जसले हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर बनाउछन् ।
हाम्रो रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउन न्युट्रोफाइल्स (संक्रमणबाट बचाउने सेता रक्तकोषको प्रकार) मा संक्रमण गराउनुका साथै इन्जाइम उत्पादनमासमेत बाधा पुर्याउछन् । यस्तै एक संक्रमित कोषले अर्को स्वास्थ कोषलाई पनि संक्रमित बनाउछ । जब भाइरसले सम्पूर्ण कोषलाई मारेर रोग प्रतिरोधी क्षमता शून्य बनाउँछन्, त्यसपछि यसको लक्षण देखिन सुरु हुन्छ । जस्तो ज्वरो आउने, सुख्खा खोकी लाग्ने हुन्छ ।
कतिपय अवस्थामा त मानिसहरु धेरै लामो समयसम्म पनि संक्रमित भएकोसमेत पत्ता लाग्दैन । विशेष गरी ६० वर्षभन्दा बढी उमेर भएका र पहिलेदेखि कुनै स्वास्थ्य समस्यासँग लडिरहेकाहरुलाई यसको संक्रमण बढी घातक हुन्छ । कोरोना भाइरसको फोक्सोका सुरक्षापत्रहरुलाई नष्ट गर्दछ । यसँगै एल्भियोलाई (अक्सिन ग्रहण गर्नै थैली) मा पनि क्षति गराउँछ । जब हाम्रो फोक्सो पूर्ण रुपमा खराब बनाएपछि ब्याक्टेरियाले आक्रमण गर्न थाल्छन् । जसका कारण निमोनियाको संक्रमण हुन्छ । श्वासप्रश्वासमा समस्या हुन्छ र मानिसहरुलाई श्वास फेर्नका लागि भेन्टिलेटरको आवश्यकता पर्छ । चार सातामा हाम्रो रोग प्रतिरोधी प्रणाली पूर्ण नष्ट हुन्छ र ब्याक्टेरियाले पूर्ण आक्रमण गर्छन् । जसले सम्भावित मृत्युतर्फ डोर्याउँछ ।
कोरोना भाइरसलाई अन्य फ्लुसँग पनि तुलना गरिन्छ । वास्तवमा कोरोना फ्लुभन्दा कयौं गुणा घातक हुन्छ । फ्लुको असर विस्तारै पर्छ र चाँडै निको हुन्छ भने कोरोना हाम्रो शरीरमा प्रवेश गरेसँगै तिव्र विकास हुन्छन् । कोरोना संक्रमण निकै तीव्र र विस्तारै गरी दुई किसिमले फैलिइन्छ । यो हामीले कति सजगता अपनाएका छौं भन्नेमा भरपर्छ । तीव्ररुपमा फैलिएको कोरोना नियन्त्रणका लागि कुनै पनि किसिमको सावधानीले रोक्नसक्ने अवस्था रहँदैन । यसका लागि उपचार प्रणाली बलियो हुन आवश्यक छ ।
धेरै मानिसहरु एकै पटक संक्रमित हुन्छन् । सम्पूर्ण स्वास्थ्य प्रणाली नै संक्रमण रोक्न कम हुनसक्छ । जस्तो सुरुआतमा चीनमा र पछिल्लो सयम इटाली, स्पेन र अमेरिकामा तीव्र संक्रमण फैलिइरहेको छ । यस्तो अवस्थामा कति मानिसहरु उपचार नै नपाएर ज्यान गुमाउन पुग्छन् । यस्तो हुँदा मृत्युदर निकै बढ्छ ।
यस्तो किसिमको तीव्र संक्रमण रोक्न लागि संक्रमणको फैलावटमा वृद्धि हुनुअघि नै सावधानी अपनाउन जरुरी हुन्छ । जसले संक्रमण विस्तारै फैलिने र महामारीको रुप लिनुअघि नै उपचारबाट नियन्त्रणमा ल्याउन सकिन्छ ।
हालसम्म कोरोनाविरुद्धको कुनै भ्याक्सिन बनिसकेको छैन । त्यसकारण सोसल भ्याक्सिनको रुपमाा हाम्रो व्यवहारमा सुधार ल्याउने र उच्च सावधानी अपनाउनु जरुरी छ । जुन, पहिलो संक्रमणबाट बच्ने र अर्को भनेको अरुलाई संक्रमण नफैलाउने । यसको उत्कृष्ट बच्ने उपाय भनको साबुनपानी हात धुने हो । कोरोना भाइरसबाट बच्ने बलियो हतियार भनेको साबुन हो । साबुनले कोरोना भाइरसको बाहिरी लिपिड इन्भेलोपलाई नष्ट गरेर संक्रमणरहित बनाउछ । त्यसैगरी हातमा विभिन्न स्यानिटाइजरलगायतका लोसनहरु लगाउनुपर्छ । जसले संक्रमण निम्त्याउने कोरोना भाइरसलाई नष्ट गर्न सक्छन् ।
त्यसैगरी अर्को भनेको सामाजिक दूरी कायम गर्ने हो । सामाजिक दूरी बढाउने कुरा सुन्दा नराम्रो लागे पनि संक्रमणबाट बच्ने महत्वपूर्ण उपाय हो । अर्को घरभित्रै बस्ने । तर, घरबाहिर निस्किनै पर्ने र संक्रमितसँग रहनुपर्ने बाध्यता भएका चिकित्सकहरुलगायतले मास्क, स्यानीटाइजर, पञ्जा र विशेष संक्रमणबाट बच्ने पोसाक लगाउनुपर्दछ ।
अर्को भनेको क्वारेन्टाइन हो । यसबेला क्वारेन्टाइनमा रहेकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई सम्मान गर्ने र अवलम्बन गर्नुपर्छ । जति हामीले हाम्रो व्यवहारमा सुधार गर्न सक्छौं, त्यति नै चाँडो कोरोना भाइरसको संक्रमणबाट छुटकारा पाउन सक्छौं ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












