सी चिनफिङलाई प्रचण्डको पत्र, नेपाललाई सहयोग गर्न अपिल
काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।
तीन दिनअघि पठाइएको पत्रमा उनले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाईसमेत दिएका छन्।
‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु,’ उनले पत्रमा भनेका छन्, ‘कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु।’ अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनले तीन दिनअघि पत्र पठाएको बताइन्। मार्च २६ को मिति राखिएको पत्र चिनियाँ दूतावासमार्फत् पठाइएको भने होइन।
पत्रमा उनले नेपाल अहिले यो महामारीसँग जुधिरहेको उल्लेख गर्दै सहयोगका लागि राष्ट्रपति सीलाई अपिल गरेका छन्। नेपाल यो महामारीसँग जुध्नका लागि तयार अवस्थामा नरहेको भन्दै उनले खासगरी औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न आग्रह गरेका छन्। उनले नेपाली जनता र नेकपाका तर्फबाट जतिसक्दो छिटो सहयोग गर्न पनि अपिल गरेका छन्।
गत वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोभिड १९ अहिले संसारभर महामारीका रुपमा फैलिएको छ। चीनमा कारोना भाइरसबाट अहिलेसम्म करिब ८१ हजार संक्रमित भएका छन्। तीमध्ये तीन हजार तीन सयको मुत्यु भएको छ। संक्रमितमध्ये ७५ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन्। करिब दुई हजार ६ सय जना अहिले विभिन्न अस्पतालमा उपचाररत रहेको चीनको राष्ट्रिय स्वास्थ्य विभागले जनाएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












