कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, चीनमा संक्रमण शून्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु भएको छ ।
हिजो (मंगलबार) बिहान ७ बजे कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ थियो आज सोही समयमा यो संख्या बढेर ४२ हजार ११४ पुगेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा देखिसकेको छ । यसमध्ये ४२ हजार ११४ जनाको ज्यान जाँदा १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।
अहिले ६ लाख ३८ हजार ४४ मा यो भाइरसबाट संक्रसमित छन् । यसमध्ये ६ लाख ५ हजार ७४७ को अवस्था सामान्य छ भने ३२ हजार २९७ को अवस्था गम्भीर छ ।
कारोनाको संक्रमण सुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ८३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो एक दिनमा ७४८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ४६४ पुगेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ३ हजार ८६८ पुगेको छ ।
पछिल्लो एक दिनमा अमेरिकामा सबैभन्दा धेरै २३ हजार ९४१ कोरोना संक्रमति भेटिएका छन् । २४ घण्टामा स्पेनमा ७ हजार ९६७ नयाँ संक्रमित फेला पर्दा इटलीमा ४ हजार ५३ कोरोना संक्रमित भेटिएका छन् ।
विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणको आशंकामा ८७ जना आइसोलेसनमा रहेका छन् ।
सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज नवौं दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












