विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो, अमेरिकामा एकै दिन १२ सय को मृत्यु
काठमाडाैँ । अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ।
जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ। त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ। अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ। त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ। त्यस्तै लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ।
न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन्। विश्वमा मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १९ पुगेको छ। सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन्। त्यहाँ मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ। त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै फान्समा ८ हजार भन्दा बढीको मृत्यु भएको छ। विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












