कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित (अपडेट)
एजेन्सि । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्।
गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ। तीमध्ये ३ लाख १९८ निको भएका छन्।
अमेरिकामा थप २९ हजार ४१२ संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९४२ को थप ज्यान गएको छ। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ।
इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ। स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा इटालीमा ६०४ को मृत्यु भएको छ। यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ।
महामारी सुरुवात भएको चीनमा ६२ जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। तीमध्ये ५९ जना अन्य देशबाट आएकामा संक्रमण देखिएको हो। यससँगै चीनमा संक्रमित संख्या ८२ हजार ७१८ पुगेको छ। तर चिनियाँ सञ्चार माध्यम सीजीटीएनले भने ८१ हजार ८०२ रहेको उल्लेख गरेको छ।
कुन देशमा कति (आँकडा)
अमेरिका
संक्रमित: ३,९६,२२३
मृत्यु: १२,८४४
निको: २१,८४९
स्पेन
संक्रमित: १,४१,९४२
मृत्यु: १४,०४५
निको: ४३,२०८
इटाली
संक्रमित: १,३५,५८६
मृत्यु: १७,१२७
निको: २४,३९२
फ्रान्स
संक्रमित: १,१०,०६५
मृत्यु: १०,३४३
निको: १९,५२३
जर्मनी
संक्रमित: १०७,६६३
मृत्यु: २,०१६
निको: ३६,०८१
चीन
संक्रमित: ८२,७१८
मृत्यु: ३,३३५
निको: ७७,४१०
इरान
संक्रमित: ६२,५८९
मृत्यु: ३,८७२
निको: २७,०३९
बेलायत
संक्रमित: ५५,९४९
मृत्यु: ६,१७१
निको: ३२५
टर्की
संक्रमित: ३४,१०९
मृत्यु: ७२५
निको: १,५८२
स्वीजरल्यान्ड
संक्रमित: २२,२५३
मृत्यु: ८२१
निको: ८,७०४
बेल्जियम
संक्रमित: २२,१९४
मृत्यु: २,०३५
निको: ४,१५७
भारत
संक्रमित: ५,३११
मृत्यु: १५०
निको: ४२१
नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











