कोभिड-१९ अपडेट : मृतकको संख्या ८८ हजार नाघ्यो, संक्रमितको संख्या १५ लाख
काठमाडाैँ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ६३ सय ८२ जनाको मृत्यु भएको छ।
यो सँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ पुगेको वल्डमिटरले जनाएको छ।
बिहीबार बिहान सबा सात बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख १७ हजार ९५ पुगेको छ।
बुधबार एकै दिन ८२ हजार ७०३ नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्मको तथ्यांकअनुसार संक्रमित ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।
अमेरिकामा बुधबार कोरोना संक्रमणबाट १९ सय १६ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार नाघेको छ। मृतकको संख्या १४ हजार ७५१ पुगेको छ। बुधबार एकैदिन त्यहाँ ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
अमेरिकापछि बुधबार युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ बुधबार ९३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ७ हजार नाघेको छ।
त्यसैगरी बुधबार स्पेनमा ७४७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ९२ पुगेको छ। इटालीमा हिजो ५४२ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १७ हजार ६६९ पुगेको छ।
फ्रान्समा बुधबार ५४१ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८६९ पुगेको छ।
जर्मनीमा बुधबार ३३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २३ सय पुगेको छ भने संक्रमित १ लाख १३ हजार नाघेको छ।
त्यसैगरी बुधबार बेल्जियममा २०५, इरानमा १२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १४७, स्वीडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्यान्डमा ७४, क्यानाडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्यान्डमा २५, पोल्यान्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ।
छिमेकी देश भारतमा कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७८ र संक्रमितको संख्या ५९ सय १६ पुगेको छ।
अर्को छिमेकी देश चीनमा भने बुधबार कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएन। नयाँ संक्रमित नथपिएपछि कोरोनाको उद्गम थलो चीनको वुहानको जनजीवन सामान्य बन्दै गएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












