कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई ज्यान मार्ने धम्की
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।
‘गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देखिएको छ, मलाई कालो जाती वा हब्सी भनेर बोलाइएको छ।‘ बुधबार आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘ज्यान मार्नेसम्मका धम्की आएपनि मैले त्यस्ता धम्कीको मतलब गरेको छैन।’
व्यक्तिगत रुपमा जातीय समस्याबाट आफूलाई कसैले केही भन्छ वा गर्छ भने त्यसको प्रतिकार गरिने टेड्रोसले बताएका छन्। उनले भनेका छन्, ’कालो हुनुमा मलाई गर्व छ, म कालो छु, त्यसैले म हब्सी पनि हुँ।’ विश्वका नागरिकको स्वास्थ्यका लागि डब्ल्युएओ र आफू संवेदनशील रहेको उनले बताए। कोरोना भाइरसको नाममा राजनीति नगर्न पनि उनले आग्रह गरे।
चीन र अमेरिकासँग मिलेर काम गर्नलाई ट्रम्पलाई गरिएको आग्रहबारे पनि उनले जानकारी दिएका छन्। हालै विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्ने धम्की समेत आएको उल्लेख गर्दै टेड्रोसले भने, ‘तपाईंमा सहन सक्ने क्षमता छैन भने राजनीति गर्न सक्नुहुन्न, तर हामीले सहेरै यो अप्ठ्यारोलाई फुकाउनुपर्छ।’
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











