सुनसरीबाट नेपाल छिरेका संक्रमित तीन जना वीरगञ्जको मस्जिदसम्म कसरी पुगे?
काठमाडाैँ । गत माघ पहिलो साता १४ जना तब्लिगी (धर्मिक प्रचारक)हरु भारतबाट सुनसरी आएका थिए।
त्यसको झण्डै तीन महिनापछि उनीहरुमध्ये ३ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ।
कोरोना पोजेटिभ देखिएका ३ भारतीय वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएका छन्।
उनीहरुलाई कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।
धार्मिक मेलाबाट आएका थिए
नारायणी अस्पतालको आइसोलेसन वार्डमा बिहिबार दिउँसो आफैं आएर भर्ना भएका भारतीय तीन मुस्लिम धर्म प्रचारकहरु दिल्लीमा आयोजित मुस्लिम धार्मिक भेलामा सहभागी भइ वीरगन्जको छपकैयामा रहेको मस्जिदमा आएर बसेका खुलेको छ।
आइसोलेसनमा भर्ना भएका तीनैजनाको स्वाब परिक्षणका लागि बिहीबार नै हेटांैडाको प्रयोगशालामा पठाइएको थियो। हेटौंडामा परीक्षण गर्दा पोजेटिभ आएपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा स्वाब लगिएको थियो। त्यहाँ पनि पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
छापा मारेर क्वारेन्टाइनमा
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापा मारेको छ। शंकास्पद स्थान रहेको छपकैंयास्थित मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणा लिएर सिद्धार्थ माविको क्वारेनटाइनमा राखिएको छ। उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ। पन्तले भनिन्, ‘भारतीय जमातीमा सहभागी हुने ठूलो संख्या हुन सक्छ उनीहरुको खोजी कार्य जारी छ।’
४० घण्टापछि जानकारी
विहीबार नै पठाइएको स्वाब शुक्रबार परीक्षण भयो, शनिबार रिर्पोट आयो। शनिबार हेटौंडामा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंमा पनि रिर्पोट पाजेटिभ देखेपछि हेटौंडाको सञ्चारमाध्यमहरुले कोरोना संक्रमितको समाचार प्रकाशन गरेका थिए। तर सरकारले आधिकारिक रुपमा आज दिउँसो मात्रै सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजबाट उक्त कुरा सार्वजनिक गरेको हो। कोरोना संक्रमण जस्तो जटिल अवस्थामा सरकारले ४० घण्टासम्म तथ्य लुकाइरहेको पाइएको छ। बागमती प्रदेश सरकारले भने एकद्धार माध्यमबाट कोरोनाबारे नियमित पत्रकार सम्मेलन भइरहेकोले काठमाडौंबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराउने बताएको थियो।
वीरगञ्ज र हेटौंडामा त्रास
बागमती प्रदेशको राजधानी हेटौंडा र २ नम्बर प्रदेशमा रहेको देशकै ठूलो व्यापारिक शहर वीरगञ्जबासी त्रसित भएका छन्। वीरगञ्जबाट हेटौंडामा अत्यावश्यक सामाग्रीहरु ओसार पसार भइरहेकोले त्यहाँ देखिएको कोरोना हेटौंडामा आउन सक्ने भन्दै त्रास फैलिएको छ। यद्यपी हेटौंडामा प्रशासनको फितलो तयारीको कारण लकडाउन पूर्णरुपमा लागु हुन सकेको छैन। प्रदेश सरकारले २ नम्बर प्रदेश संग जोडिने हेटौंडाको र चुरियामाई नाकामा कडाई गर्ने बताएको छ। यस्तै वीरगञ्जका स्थानीयहरु पनि त्रसित भएका छन्। उपचारमा संग्लन चिकित्सहरु, मस्जिद वरिपरि र सँगै रहेकालाई खोजेर क्वारेनटाइनमा राख्ने तयारी भइरहेको पर्सा प्रशासनले जनाएको छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











