सुनसरीबाट नेपाल छिरेका संक्रमित तीन जना वीरगञ्जको मस्जिदसम्म कसरी पुगे?
काठमाडाैँ । गत माघ पहिलो साता १४ जना तब्लिगी (धर्मिक प्रचारक)हरु भारतबाट सुनसरी आएका थिए।
त्यसको झण्डै तीन महिनापछि उनीहरुमध्ये ३ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ।
कोरोना पोजेटिभ देखिएका ३ भारतीय वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएका छन्।
उनीहरुलाई कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।
धार्मिक मेलाबाट आएका थिए
नारायणी अस्पतालको आइसोलेसन वार्डमा बिहिबार दिउँसो आफैं आएर भर्ना भएका भारतीय तीन मुस्लिम धर्म प्रचारकहरु दिल्लीमा आयोजित मुस्लिम धार्मिक भेलामा सहभागी भइ वीरगन्जको छपकैयामा रहेको मस्जिदमा आएर बसेका खुलेको छ।
आइसोलेसनमा भर्ना भएका तीनैजनाको स्वाब परिक्षणका लागि बिहीबार नै हेटांैडाको प्रयोगशालामा पठाइएको थियो। हेटौंडामा परीक्षण गर्दा पोजेटिभ आएपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा स्वाब लगिएको थियो। त्यहाँ पनि पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
छापा मारेर क्वारेन्टाइनमा
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापा मारेको छ। शंकास्पद स्थान रहेको छपकैंयास्थित मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणा लिएर सिद्धार्थ माविको क्वारेनटाइनमा राखिएको छ। उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ। पन्तले भनिन्, ‘भारतीय जमातीमा सहभागी हुने ठूलो संख्या हुन सक्छ उनीहरुको खोजी कार्य जारी छ।’
४० घण्टापछि जानकारी
विहीबार नै पठाइएको स्वाब शुक्रबार परीक्षण भयो, शनिबार रिर्पोट आयो। शनिबार हेटौंडामा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंमा पनि रिर्पोट पाजेटिभ देखेपछि हेटौंडाको सञ्चारमाध्यमहरुले कोरोना संक्रमितको समाचार प्रकाशन गरेका थिए। तर सरकारले आधिकारिक रुपमा आज दिउँसो मात्रै सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजबाट उक्त कुरा सार्वजनिक गरेको हो। कोरोना संक्रमण जस्तो जटिल अवस्थामा सरकारले ४० घण्टासम्म तथ्य लुकाइरहेको पाइएको छ। बागमती प्रदेश सरकारले भने एकद्धार माध्यमबाट कोरोनाबारे नियमित पत्रकार सम्मेलन भइरहेकोले काठमाडौंबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराउने बताएको थियो।
वीरगञ्ज र हेटौंडामा त्रास
बागमती प्रदेशको राजधानी हेटौंडा र २ नम्बर प्रदेशमा रहेको देशकै ठूलो व्यापारिक शहर वीरगञ्जबासी त्रसित भएका छन्। वीरगञ्जबाट हेटौंडामा अत्यावश्यक सामाग्रीहरु ओसार पसार भइरहेकोले त्यहाँ देखिएको कोरोना हेटौंडामा आउन सक्ने भन्दै त्रास फैलिएको छ। यद्यपी हेटौंडामा प्रशासनको फितलो तयारीको कारण लकडाउन पूर्णरुपमा लागु हुन सकेको छैन। प्रदेश सरकारले २ नम्बर प्रदेश संग जोडिने हेटौंडाको र चुरियामाई नाकामा कडाई गर्ने बताएको छ। यस्तै वीरगञ्जका स्थानीयहरु पनि त्रसित भएका छन्। उपचारमा संग्लन चिकित्सहरु, मस्जिद वरिपरि र सँगै रहेकालाई खोजेर क्वारेनटाइनमा राख्ने तयारी भइरहेको पर्सा प्रशासनले जनाएको छ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












