र्यापिड टेस्टबाट काभ्रेमा भेटिए कोरोनाका दुई संक्रमित
काभ्रे । र्यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ।
बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन्।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले कोरोनाको लक्षण पोजेटिभ देखिएकोबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई आधिकारिक जानकारी छैन’, उनले भने, ‘जानकारी भए पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ताज्युलाई मात्र हुन्छ।’ उनका अनुसार काभ्रेका स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परीक्षण गर्ने छ। जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण भइसकेको छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












