कांग्रेसको पहलमा सरकारविरुद्ध विपक्षीहरुको ‘मोर्चाबन्दी’
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकारले जारी गरेका अध्यादेश जुनसुकै हालतमा पनि खारेज गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको छलफलमा विपक्षी दलहरुले अध्यादेश खारेज हुनुपर्ने बताएका हुन्। देश संकटसँग जुधिरहेका बेला संविधानको भावना र लोकतान्त्रिक मूल्य मान्यता विपरित ल्याइएका अध्यादेश खारेज हुनुपर्नेमा विपक्षी दलहरु एकमत भएका हुन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश कु-समय र कुनियतले आएको बताए।
सुशासन, लोकतन्त्रिक तरिकाबाट शासन चलाउने र राज्यमा सबै जनताको पहुँच हुनुपर्ने भएपनि एक व्यक्तिको इसारामा राज्य चलाउने गलत नियतले अध्यादेश आएको उनले बताए। प्रधानमन्त्री अधिनायकवादको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले अहिलेको परिवर्तनलाई उल्ट्याउन अध्यादेश ल्याइएको बताए।
कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले संवैधानिक भावना विपरित ल्याइएको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यता कमजोर बनाएको बताए। अध्यादेश फिर्ता सरकारको एकमात्रै विकल्प भएको उल्लेख गर्दै उनले फिर्ता नभए कडा आन्दोलन हुने चेतावनी दिए। देश लक डाउनमा रहेको बेला संसदलाई छलेर अध्यादेश ल्याउने कुरा कुनै पनि हालतमा मान्य नहुने उनले बताए। पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गर्नुभयो।
आफ्नै पार्टी भित्र समेत कुनै छलफल नगरी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको एकतन्त्रीय कदम भएको उल्लेख गर्दै उनले तत्काल संसद बैठक बोलाएर यसलाई अस्वीकृत गर्नुपर्ने बताए। सरकारले अध्यादेश फिर्ता गर्न तयार नभए जनता आन्दोलनका लागि तयार हुनुपर्ने उनको भनाई छ। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक प्रणालीमा प्रहार गर्ने, दलहरुलाई अस्थिर बनाउने र मुलुकलाई अस्थिरता तर्फ लैजाने उद्देश्यले अध्यादेश आएको बताए। संवैधानिक निकायलाई कब्जा गरी लोकतन्त्रलाई दुर्घटनामा पार्ने र मुलुकलाई बर्बाद गरी सर्वसत्तावाद लाद्नका लागि अध्यादेश आएको यादवको भनाई छ। अध्यक्ष यादवले फलानो पार्टीलाई फुटाउन अध्यादेश ल्याइएको हो भनेर अभिव्यक्ति दिनु अपराध भएको समेत बताए।
राष्ट्रिय जनता पार्टी राजापा नेपाका अध्यक्ष मण्डलका संयोजक सरदसिंह भण्डारीले मुलुकलाई सर्वसत्तावाद र निरङ्कुसतावाद तर्फ लैजाने सुनियोजित किसिमले अध्यादेश आएको बताए। मुलुक कोरोनासँग लडिरेहका बेला प्रतिपक्षी दलले समेत सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै उनले विधेयक आउनु व्यक्ति विशेषलाई सुनियोजित ढंगले शक्तिशालि बनाउने परिपाटी निर्माणको संकेत भएको बताए। सामाजिक दुरी कायम गरेर भएपनि संसद बैठक सञ्चालन गर्नुपर्ने उनले बताए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंगो संसार कोरोनासँग जुधिरहेका बेला नेपाल पनि कोरोनासँग जुध्नु बाहेक अरु विकल्प नभएको धारणा राखेका थिए। बैठकमा सभापति देउवाले निर्वाचनमा आफुले भनेको कुरा (कम्युनिष्ट पार्टीको सरकार आएपछि जनताले बोल्न समेत पाउने छैनन्) अहिले सत्य भएको धारणासमेत राख्नुभएको प्रवक्ता शर्माले बताए।
बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारको निर्णय अलोकतान्त्रिक, अव्यवहारिक र अहिलेको अवस्थामा लगत कदम भएको धारणा राखेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। यस्तै राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले विना कारण ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने धारणा राखेका प्रवक्ता शर्माले बताए। प्रवक्ता शर्माका अनुसार राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी पारिवारिक समस्याका कारण बैठकमा उपस्थित भएनन्। यद्यपि बैठकले गर्ने निर्णयमा आफ्नो समर्थन रहेको र सरकारी कदम गलत भएको धारणा राखेका छन्। बैठक सामाजिक दुरी कायम गर्दै सञ्चालन भएको थियो।
बैठकमा सहभागि नेताहरुले आफ्नो धारणा राखिसकेपछि अर्को नेतालाई हस्तान्तरण गर्नुभन्दा पहिले माइक्रोफोनमा सेनिटाइजर प्रयोग गरिएको उनले बताए। सरकारले सोमबार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यक्षदेश २०७७ जारी गरेपछि चौतफी विरोध भइरहेको छ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












