अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओली निकट नेताहरूसँग तिब्र भेटघाटमा
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् ।
पछिल्ला समसामयिक घटनालाई लिइर उनीले आफू निकटका नेता तथा कार्यक्रतासँग भेट गरेका हुन् ।
अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले भेटघाटलाई तीव्र पारेको उच्च स्रोतको भनाइ छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीलाई भेटेर बाहिरिएको स्रोतले बतायो । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञावली भने बोलाइएको छैन । उनी प्रधानमन्त्री ओलीका विश्वास पात्रका रूपमा चिनिन्थे ।
पटकपटकका निर्णयहरूले ओलीको नैतिकतामाथि निरन्तर प्रश्नहरू उठरहेका बेला उनले हाल तीव्र पारेको भेटघाटलाई लिएर केही विश्लेषकहरूले उनले जिम्मवारी मुक्त हुन खोजेका त होइन भन्ने आंकलन पनि गरिरहेका छन् ।
हिजो अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । छलफलकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि पुगेका थिए ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट उत्पन्न संकटका बेला प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने र फिर्ता गर्ने गरेपछि उनीमाथि नेकपाकै कार्यक्रता तथा नेताले घेराउ गरेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












